लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बझाङ पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

IMG

धनगढी । बझाङको केदारस्यु गाउँपालिका–८ मेल्लेखीमा शुक्रबार राति गएको पहिरोका कारण १७ घर पुरिँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।

गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा पुग्न नसके पनि आफूलाई १७ घर पहिरोमा पुरिएका र ११ जना बेपत्ता भएको सूचना आएको बताए ।

‘घटना स्थलसम्म पुग्न अझै कम्तिमा ३ घण्टा लाग्छ’ अध्यक्ष भण्डारीले भने, ‘स्वास्थयकर्मी, सुरक्षाकर्मीसहित गाउँपालिकाको टोली बाटोमै छौँ ।’ उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लागि हेलिकोप्टर मगाउन पहल भइरहेको बताए ।

रातिको समयमा सवै जना घर भित्रै हुने हुँदा क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्