लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

tillotmacitynews - 2020 May 18 04:02 AM
IMG

काठमाडौं– सरकारले लकडाउन जेठ २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण रोकथामका लागि ०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनको छैटौंपटक थपिएको म्याद सोमबार सकिँदैछ ।


लकडाउनका बीच पनि सयौं संक्रमित भएको र दुई जनाको ज्यानसमेत गएकाले सरकारले लकडाउन थप गर्दै थप कडा र प्रभावकारी बनाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्