लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा ४ करोड ५२ लाख ८५ हजारभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण

tillotmacitynews - 2020 May 07 02:00 AM
IMG

काठमाडौं । एशोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन) ले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारलाई साँढे चार करोडभन्दा बढी मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको समन्वयमा समाज कल्याण परिषदमार्फत् एआइएनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ४ करोड ५२ लाख ८५ हजारभन्दा बढी मूल्यको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।


बुधबार काठमाडौंको रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा नेपालस्थित अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु आवद्ध सो एशोसिएशनले नेपाल सरकारलाई हस्तान्तरण गरेको सामग्रीहरुमा सर्जिकल मास्क, ह्याण्ड सेनिटाइजर, सर्जिकल स्टिराइल ग्लोभ, डिस्पोजल क्याप, आई गुगल्स, शू कभर, साबुनलगायत रहेका छन ।


कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि एआइएनले गरेको सहयोेगको खुलेर प्रसंसा गरे ।


उनले कोराना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई सरकारले प्रभावकारी ढंगले अघि बढाएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन सबैलाई साथ दिन पनि आग्रह गरै ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सुरक्षा सामग्रीहरुको अभाव भईरहेका बेला एआईएनले सहयोग गरेकोमा खुसी व्यक्त गरे । त्यस अवसरमा उनले कोरोना भाईरस संक्रमण विस्तार हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।


एआईएनका अध्यक्ष अच्युत लुईटेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङको मार्ग निर्देशनमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरणको काम सुरु गरिएको बताए । एआईएनले नेपाल सरकारलाई कोरोना भाईरस विरुद्धको अभियानमा करिव २ अरब बराबरको सहायता उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।


नेपाल सरकारले संघसंस्था परिचालन गर्ने कामको जिम्मेवारी मन्त्री गुुरुङलाई दिएपछि उनले सो कामलाई तीव्रता दिएका छन् । मन्त्री गुरुङको निर्देशनमा संघसंस्थाहरुले अहिलेसम्म ७५ करोडभन्दा बढीको राहत तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको समाज कल्याण परिषदका निमित्त सदस्य–सचिव शिवकुमार बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्