
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।
सोमबार राति भएको टेलिफोन वार्तामा उहाँहरुबीच विश्वभर फैलिएको कोरोना भाइरसको असर र यससँग लड्न भइरहेको प्रयासका बारेमा छलफल भएको थियो ।
यसक्रममा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपति सीले गरेको नेपाल भ्रमणको स्मरण गर्दै दुई देशबीचको निकट सम्बन्ध रहेको बताउनु भएको थियो ।
चीनका राष्ट्रपतिले पनि नेपाल भ्रमणमा आफूले पाएको स्वागतको स्मरण गर्नु भएको र त्यस भ्रमणबाट महत्वपूर्ण उपलब्धी प्राप्त भएको बताउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरस विरुद्ध चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्नु भएको थियो । उहाँले चीन सरकराले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको प्रति पनि धन्यवाद दिनु भयो ।
कमेन्ट गर्नुहोस्