लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आउआउ भक्त श्रृगेश्वर धाममा,कोहीपनि नछुटौं यो पुन्यकाममा...भन्दै धार्मिक महामहोत्सव शुरु

IMG

तिलोत्तमा,माघ २५।मानव जीवनको अमुल्य काम माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमामा श्रीमद् भागवत श्रृङ्गेश्वर धार्मिक महामहोत्सव तथा श्रृङ्गारिक महाआरती २०८१ शुरु भएको छ ।विहिवार माघ २४ गतेदेखि फागुन २ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक आचार्य ओम प्रकाश सुवेदीले आउआउ भक्त श्रृगेश्वर धाममा कोहीपनि नछुटौं यो पुन्य काममा भन्दै भक्तजनहरुलाई दिलखोलेर सहयोग गर्न आह्वान गर्नु भयो । हुनेले दान नहुनेले मन दिएर यो महायज्ञलाई सफल बनाउन सुझावदिनु भयो । 


श्रृङ्गेश्वर धामएवं ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमा-४ डिङ्गनगर, रुपन्देहीमा आयोजित महायज्ञमा विहिवार बृहत्त शोभा कलशयात्रा निकालिएको थियो । शोभाकलश पछिको सभामा वोल्दै जेष्ठ नागरिक देवि प्रसाद पन्थ र पुनकला वस्यालले जेष्ठ नागरिक मिलन केन्द्र बृद्ध बृद्धाका लागि खुशियाली दिने स्थल भएकोे धारणा राख्नु भएको थियो ।तिलोत्तमा नगर उपप्रमुख जगेश्वरी देवि चौधरीले समुद्घाटन गदै सरकारले गर्ने काम यो संस्थाले गरेकोमा प्रसम्सा व्यक्त गदै मानविय काममा सबैको साथ सहयोग जरुरी रहेको बताउनु भयो । उहाँले हुनेलाई  आर्थिक रुपमा र नहुनेले कार्यक्रममा उपस्थित भएर सफल पार्न आहवान गर्नुभयो । धाममा संचालित छोरी शिक्षा कार्यक्रमलाई नगरपालिकाले हरेक वर्ष सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । 


कार्यक्रममा बोल्दै जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले महायज्ञलाई सफल बनाउन सबैले पहल गर्नु पर्ने धारणा राख्नु भयोे । हरेक दिनप्रातःकालमा योग एंवं ध्यानशिविर, नित्यपुजाएवं पाठ पारायण, सङ्गगितमय श्रीमद्भागवत कथाप्रवचन, देव लिलादर्शन, सन्तमहन्त सम्मान, श्रृङ्गारिक दिव्य महाआरतीएव राष्ट्रिय कलाकारद्धारा देव लिलामय झाँकी भजन सचालन गरिने छ ।कार्यक्रम रहेको श्रृङ्गेश्वर धामएवं महायज्ञ आयोजक समितिका अध्यक्ष ऋषि भण्डारीको  अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु गणेश पाठक, फर्शुराम गिरी, हरि बहादुर थापा, संस्थाकी ओमीकला पुन, गुल्मेली  सम्र्पक समाजका अध्यक्ष नारायण पन्थ, सल्लाहकार टीकाराम घिमिरे, पार्वता भण्डारी, डीआर शर्मा पार्वती भण्डारी, खेमराज रेग्मी लगायतले  महायज्ञ आयोजना गर्नु परेको वारेमा प्रकाश पार्नुभएको थियो  । उद्घाटन समारोहका दिन  ४ लाख बढी आर्थिक सहयोग संकलन भएको कोषाध्यक्ष मोती भण्डारीले बताउनु भयो । 

कमेन्ट गर्नुहोस्