लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१९ वर्षमुनिको महिला एशिया कपको उपाधि भारतलाई

IMG

तिलोत्तमा,पौष ७ गते २०८१। बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ ।भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् ।


भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् ।यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो । भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् ।प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्