लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वर्तमान सरकार परिर्वतनबारे सोच्न सकिदैन : कांग्रेस नेता डा.कोइराला

IMG

तिलोत्तमा,२०८१ कात्तिक ८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् । बिहीवार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुईतिहाई भएको सरकार अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने समेत बताए । 


उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमालेबीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उल्लेख गरे ।जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उनले बताए । कोइरालाले न्यायपालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायलयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राखे । उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गरे । 


उनले आफूलाई पाटीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको र यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनको गुनासो छ ।उक्त सांगीतिक कार्यक्रम अक्टोबर २५ अर्थात्  कात्तिक ९ गते साँझ ६ बजेबाट होटलको प्राङ्गणमा  सञ्चालन हुनेछ।

कमेन्ट गर्नुहोस्