तिलोत्तमा,२०८१ असोज ९ गते। एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । न्यु ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० गोलले पराजित भयो ।खेलकाे २० औं मिनेटमा सबिन घिमिरे राताे कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टाेली १० खेलाडीमा सीमित भएकाे थियाे । उनले बल रोक्ने क्रममा हातले छाेएपछि रेफ्रीले राताे कार्ड देखाए ।
समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई ३–१ गोलले हराएको थियो ।नेपाल ३ खेलमा ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उज्बेकिस्तान २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बहराइनसँग खेल्नेछ ।
कमेन्ट गर्नुहोस्