लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

IMG

तिलोत्तमा,२०७९ पौष २३। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा चढेर शनिबार ललितपुरको पाटनढोका पुगी पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गर्नु भएको थियो ।पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको चुनावमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिनु भएको थियो भने स्वास्थानी ब्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुन्नु भएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिनु भयो।


मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले बताउनु भयो ।यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गर्नु भएको थियो । त्यस अवसरमा उहाँलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गर्नु भएको धुन बजाएर सुनाइएको थियो भने उहाँले त्यसलाई ध्यानपूर्वक सुन्नु भएको थियो ।


राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर पुस्तकालय र पोखरीको अवलोकन गर्नु भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।तस्बिर : न्युज एजेन्सी नेपाल

कमेन्ट गर्नुहोस्