लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मानव सेवा आश्रम सहयोगका लागि बुटवलमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदै

tillotmacitynews - 2022 Dec 02 10:30 PM
IMG

तिलोत्तमा, २०७९ मङ्सिर १६ गते । बुटवलमा मानवता लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ ।एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा देशका १० प्रमुख शहरहरूमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको हो ।


मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न तथा आपत्कालिन अक्षयकोष स्थापनाका लागि कन्सर्ट आयोजना गरिएको प्रमुख संस्थापक तथा अध्यक्ष रामजी अधिकारीले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।


मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । हेटौंडा, चितवन र बुटवलमा निर्माण सम्पन्नको चरणमा पुगेको छ । आश्रमको शाखा रहेका अन्य शहरहरू सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एबं भवन निर्माण शुभारम्भको चरणमा रहेको छ ।हाल निर्माणाधीन भवनहरूको निर्माण कार्य सम्पन्न गरी आश्रमले देशभरमा करिब दुई हजार ५०० लाई संरक्षण गर्न सक्ने क्षमता विकास गर्ने योजना आश्रमको छ ।


विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि समर्पित हुने लक्ष्य छ । सोही लक्ष्य प्राप्तिका लागि यसपटक भने नेपथ्यसँगको सहकार्यमा लाइभ कन्सर्ट गर्न लागिएको मानव सेवा आश्रम रुपन्देही शाखाका अभिभावक तथा कार्यक्रम संयाेजक लोकनाथ भुुसालले बताउनुभयो ।


आश्रमको संरक्षणमा हाल झण्डै एक हजार ५०० जना बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त भएकाहरु छन् । कुनै पनि अन्तर्राष्ट्रिय दातृनिकायसँगको साझेदारी बिना नेपाल सरकारको आंशिक अनुदान र परोपकारी नेपालीहरूको स्वेच्छिक सहयोगमा आश्रमले देशभरबाट उद्धार गरिएका सहयोगापेक्षीको सेवा गर्दै आएको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले बताउनुभयो ।


देशका १० शहरमा हुँदैछ कन्सर्ट  :

बृहत्तर रुपमा आयोजना हुने उक्त नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गरिने छ ।मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान, १२ गते पोखरा रङ्गशाला हुनेछ । 


कन्सर्टको अन्तिम कार्यक्रमको रुपमा अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरी बृहत साङ्गीति यात्राको समापन गरिने छ । विगत तीन दशकदेखि सङ्गीतको माध्यमबाट सकारात्मक रूपान्तरणका लागि सक्रिय नेपथ्य ब्याण्ड नेपाल लोकप्रिय ब्याण्ड हो ।



कमेन्ट गर्नुहोस्