लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका २ सय ७० किसानले पाए धानबालीको क्षतिपूर्ति करिव ९ लाख

IMG

तिलोत्तमा सिटी , २०७९ असोज ४। बेमौसमी वर्षाले धानबालीमा क्षती भोगेका किसानले करिव ९ लाख क्षतिपूर्ति रकम पाएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाइ क्षतिपूर्ति वितरण गरेको हो । गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् । राहत रकम स्वरुप पीडित किसानहरुलाई ८ लाख ९६ हजार ७४१ रुपैँया रकम वितरण गरिएको छ । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका हुन् ।


सो कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले किसानहरुका समस्यालाई हल समाधान गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।धानबालि भित्राउने बेलामा वर्षाका कारण धान बालिमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ताको वाफतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।साथै नगरप्रमुख खाँण यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबालि सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताउनुभयो ।


किसानहरूले लगाएको बालि पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बालि शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालिमा क्षति भएको छ सो विवरण संकलन गर्नका लागि समिति गठन गर्ने तयारी भएको बताउनुभयो ।नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले बाली डुबानमा परेका २७० जना किसानलाई स्थानीय तहबाट प्रमाणीकरणभएर अनुसार नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।स्थानीय तहले प्रमाणीकरण गरेका आधारमा किसानले रकम पाएका हुन् । नगरपालिकाले निम्म ,मध्यम र उच्च गरि तिन तहमा  क्षतिग्रस्त भएको तह छुट्टयाई रकम वितरण गरेको कार्यकारी प्रमुख नारायण अर्यालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्