लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रममा सार्बजनिक

IMG

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको प्रथम अधिबेशन अर्थात् आर्थिक बर्ष २०७९/८०को नीति तथा आर्यक्रम सार्बजनिक भएको छ। कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। जसको पुर्णपाठ यहाँ प्रस्तुत गरिएको छ। 


तिलोत्तमा नगरपालिकाको १२ औ अधिबेशनमा उपस्थित तिलोत्तमा नगरपालिकाका उपप्रमुखज्यू, प्रमूख प्रशासकीय अधिकृतज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, सम्पूर्ण कर्मचारीहरु, उद्योग बाणिज्य, च्याम्बर अफ कमर्श तथा व्यापार संगठनका पदाधिकारीज्यूहरु, संचारकर्मीज्यूहरु एवम् उपस्थित सम्पूर्ण महानुभाव तथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहनु भएका र रेडियोबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सुनिरहनु भएका देश विदेशमा रहनु भएका सम्पूर्ण नगरबासी लगायतका महानुभावहरु ।आजको यो महत्वपूर्ण नगरसभाको अधिबेशनमा हार्दिक स्वागत एवं धन्यवाद प्रकट गर्दछु । ऐतिहासिक संविधान सभाबाट निर्मित नेपालको संविधानमा व्यवस्था भए बमोजिम २०७४ मा पहिलो निर्वाचनबाट संघीयता कार्यान्वयनमा आधारभूत अंगको रुपमा रहेको स्थानीय सरकार गठन भई संचालन भई रहेकोमा भर्खरै मात्र सम्पन्न भएको स्थानीय तहको निर्वाचन, २०७९ बाट हामी निर्वाचित भएका छौ । हामीलाई तिलोत्तमा नगरपालिकाको समग्र बिकास र समृद्धिका लागि अगाध माया गरी आफ्नो बिश्वास ब्यक्त गर्दै निर्वाचित गर्नुभएकोमा सम्पूर्ण नगरबासी आमाबुवा दाजुभाई दिदीबहिनीहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।


नेपालको सार्वभौमसत्ता स्वाधिनता भौगोलिक अखण्डता राष्ट्रिय हित, स्वाभिमान र नेपालको संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन ब्यवस्थाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु । बिभिन्न राजनीतिक आन्दोलनमा घाइते तथा वेपत्ता हुनुभएका आन्दोलनका योद्दा, नागरिकहरू प्रति उच्च सम्मान प्रकट गर्दछु । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको लक्ष्य "समृद्ध नगर : खुशी नगरवासी  हेको जानकारी गराउन चाहन्छु / नगरपालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकारसँग जनताहरुको अपार अपेक्षा एवं आशा रहेको हुन्छ ।उपलब्ध श्रोत साधन र अवसरको उच्चतम प्रयोग, न्यायोचित वितरण र संविधान प्रदत्त अधिकारहरुको सफल कार्यान्वयन मार्फत संघीयताको सफल अभ्यासबाट नै जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सकिन्छ । तिलोत्तमा नगरपालिकाको नगर प्रमुखको हैसियतले यहाँहरु सामु तिलोत्तमा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाँउदा गौरवको अनुभूती गरेको छु ।आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम तयार गरी रहदा समृद्ध, समतामूलक, स्वच्छ हराभरा र विकसित नगरपालिकाको भावी तस्विरलाई सामुन्नेमा राखेको छु । नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले तर्जुमा गरेका बजेट तथा कार्यक्रम, दीगो विकासका लक्ष्यहरु हासिल गर्ने लगायतका नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा जनाएका प्रतिवद्धताहरुबाट सिर्जित दायित्व, यस नगरपालिकाको एकीकृत शहरी विकास योजनाले मार्ग निर्देश गरेका नीति तथा कार्यक्रमहरु नेपाल सरकार, लुम्बिनी प्रदेश सरकारका आवधिक विकास योजनाहरु, संघ र प्रदेश सरकारले अवलम्वन गरेका आर्थिक, सामाजिक लगायतका विकासका नीतिहरु र मध्यकालिन खर्च संरचना लगायत नेपाल सरकारको पक्षबाट भएका अन्तराष्ट्रिय महासन्धी तथा सन्धीहरु र त्यसबाट सिर्जित दायित्वहरु, संघीय तथा प्रदेश सरकारले अबलम्वन गरेका राष्ट्रिय एवं प्रादेशिक नीतिहरु, आर्थिक नीतिहरु, तिलोत्तमा नगरवासी, प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यज्यूहरु, बुद्धिजिवी तथा नागरिक समाज र विद्वत वर्गहरुबाट प्राप्त सुझावहरु तथा अन्य प्रचलित ऐन कानूनहरुको परिधीभित्र रही यस तिलोत्तमा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।


लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, बहुदलीय लोकतान्त्रीक शासन प्रणाली, मानव अधिकार, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनप्रति पूर्णप्रतिबद्ध छ । लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिको रुपमा स्थापित गर्ने कुरामा नगर सरकार हरपल प्रयत्नशील छ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरबासीले गर्न सकुन् भन्नेमा हामीहरु अत्यन्त सचेत छौं । नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न नगर सरकार दृढ छ । “ जनप्रतिनिधिहरु शासक होइनन्, जनताका सेवक हुन्” भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी सम्यन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गरेका छौं ।म यो सम्मानित नगरसभामा तिलोत्तमा नगरपालिकाले अघि सारेका विकास निर्माण, सुशासन, सेवा प्रवाह र मानवीय विकासको क्षेत्रमा गरेका उत्कृष्ट कार्य वापत आ।व। २०७६/०७७ मा शहरी सेवा प्रवाह तथा सुशासन र आ।व। २०७७/०७८ मा सामाजिक विकासमा २ पटक उत्कृष्ट पुरस्कार प्राप्त गरेको हुँदा पूर्व नगर प्रमुख तथा उप प्रमुख लगायत जनप्रतिनिधि एवं राष्ट्र सेवक कर्मचारी र सम्पूर्ण नगरबासीलाई धन्यवाद दिन चाहान्छु । आगामी दिनमा नगरको समृद्धि र नगरबासीको खुसीको लागि यहाँहरु सँगकै सहकार्यमा रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु / नागरिकले अनुभूति गर्ने गरी विकासको प्रतिफल वितरण शिक्षा स्वास्थ्य कृषि प्रणालीमा परिणात्मक र गुणात्मक सुधार क्रमागत आयोजना सम्पन्न उद्योग व्यापार व्यवसाय अगानीको वातावरण सुशासन समावेशी विकास दिगो विकास लगायतका समासामयिक मुद्दाहरुलाई निरन्तर सम्बोधन नगरमा उपलब्ध पूंजी सीप र क्षमताको प्रभावकारी उपयोग गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्य नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहअस्तित्व र समन्वय र सहकार्यलाई प्राथमिकतामा राखिनेछ ।


आदरणीय नगरसभा सदस्यज्यूहरु

अब म आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाले सामाजिक विकास अन्तर्गत् स्वास्थ्य, शिक्षा, खानेपानी र ढल निकास, फोहर मैला व्यवस्थापन र सरसफाई, युवा तथा खेलकुद, महिला समानता तथा सशक्तिकरण तर्फ अगाडी सारेका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहान्छु ।


१। यस नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको स्तरोन्नतीका लागि हाल भइरहेको सहयोगलाई निरन्तरता दिदै आवश्यकतानुसार थप सहयोग प्रदान गरिने छ, शिक्षकहरूको क्षमता अभिवृद्धि कार्यक्रमलाई सहजीकरण गरिने छ । सामुदायिक तथा संस्थागत विद्यालयबिच कायम रहेको अन्तर र त्यसले सृजना गरेको सामाजिक विषमतालाई नियमन गर्न विशेष पहल गरिने छ । सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गरिने छ ।


२। यस पालिकाको वडा नं १४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने छ । साथै प्राविधिक संकाय संचालन गरेका विद्यालयको दिगोपनाको लागि सहयोग गरिनेछ । विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्नका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा इ लाइब्रेरी स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसग सहकार्य गरिनेछ ।


३। तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएकामा आगामी ५ वर्षमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गरी संघ र प्रदेशसँग समन्वयात्मक पहल गरिने छ ।

४। प्रत्येक सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरू मार्फत् घरपरिवारमा जनचेतना जगाई सफासुग्घर रहन कार्यक्रमलाई अझ प्रभावकारी बनाइने छ । ध्ब्क्ज् यस तिलोत्तमा नगरपालिकाको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने नारालाई आत्मसात गरी स्वच्छ, सफा तथा हराभरा नगर, नेपालकै नमुना सहरको रूपमा विकसित गर्ने अभियानलाई थप प्रभावकारी बनाइने छ । हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने छ ।

५। सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको लागि यातायातको बढ्दो मागलाई ध्यानमा राखी प्राथमिकताको आधारमा विद्यालयहरुको साझेदारीमा आगामी आर्थिक वर्षमा कम्तिमा ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइनेछ । नगरपालिकाबाट अनुदान प्राप्त गरेका बस सञ्चालनको लागि प्रतिविद्यालय वार्षिक एक लाख रुपैंया अनुदान उपलब्ध गराइनेछ ।

६। नगरभित्रका सामुदायिक क्याम्पसहरुको संस्थागत विकास र स्तरोन्नतीका लागि आवश्यक पहल गरिनेछ । नगर भित्रका क्याम्पसको सहकार्यमा सुशासन र विकासस ँग सम्बन्धित विभिन्न विधामा शोधकार्य गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिनेछ ।


७। सामुदायिक विद्यालयमा “छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क वितरण र दिवा खाजा कार्यक्रम” लाई गुणस्तरमा सुधार गरी निरन्तरता दिइनेछ । कक्षा ६ सम्मका बिद्यार्थीहरूका लागि दिवा खाजा रू १० थप गरी रू २५ बनाइनेछ। बालबालिकामाथि हुनसक्ने यौनजन्य दुर्व्यवहार अन्त्यको लागि विद्यालय तथा समुदाय स्तरमा बालबालिकालाई प्रतिकारात्मक र प्रतिरक्षात्मक सीप एवं जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयको समग्र विकास, योजना र रणनीति निर्माणको लागि थप प्रवर्द्धनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिनेछ । सबै बालवालिका तथा किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने छ । शिक्षामा लैंगिक असमानताको उन्मूलन गर्ने र शारीरिक अशक्ततता भएका व्यक्ति लगायत जोखिममा रहेका आदिवासी, जनजाति तथा दलित बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुच सुनिश्चित गरिने छ ।


८। ९। पालिकाको समन्वयमा पालिकाभित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा सञ्चालन गरिने विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिताहरू चक्रीय प्रणालीबाट सञ्चालन गरी विद्यार्थीहरूको प्रतिभा र क्षमता विकास गर्न प्रोत्साहित गरिने छ ।


१०। श्रवणविहिन, दृष्टिविहिन, अटिज्म लगायत अपांगता बालबालिकाहरूको शिक्षाका लागि कार्यक्रम ल्याइनेछ। भएका


११। संस्थागत विद्यालयहरूमा कम्तिमा १० प्रतिशत गरिब तथा जेहेन्दार छात्रवृति सुनिश्चित गरिनेछ साथै सोको तथ्याङ्क नगरपालिकामा अभिलेखिकरण गरिनेछ ।


१२। कम्तिमा महिनाको एक पटक जनप्रतिनिधिहरु विद्यालयको अवलोकन गर्न जाने तथा विद्यार्थी र शिक्षक र शिक्षिकासँग छलफल गर्ने प्रणालीको विकास गरिनेछ ।

१३। बालमैत्री नगरपालिका कार्यक्रमको दिगोपनाको सुनिश्चितता गरिनेछ ।

१४। सामुदायिक विद्यालयमा जडान भएको बिद्युत तथा पानीको महसुलमा ५०५ अनुदान दिईनेछ । ईन्टरनेट निशुल्क उपलब्ध गराईनेछ ।

१५। नेपाली भाषामा स्थानीय पाठ्यपुस्तक तयार गरी स्थानीय पाठ्यक्रममा तिलोत्तमाको एटलस नक्सा समेत समावेस गरिनेछ ।

१६। वाल शिक्षक तथा विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरेको शुरु तलबमान उपलब्ध गराइनेछ।

१७। नगर प्रमुख छात्रवृत्ति कोषू लाई थप प्रभावकारी बनाई अल्पसंख्यक, सिमान्तकृत, अनाथ, अपाङ्गता, दलित, विपन्न समूह र न्यून आय भएका समुदायका बालवालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्तिको विशेष व्यवस्था मिलाइनेछ ।

१८। बालवालिकाको शारिरीक र मानसिक स्वास्थ्यलाई मध्यनजर गरी सबै विद्यालयमा पाठ्यक्रमले निर्धारण गरेका पुस्तक मात्र अध्यापन गर्ने गराउने व्यवस्था मिलाइनेछ।

१९। सबै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा जीवनवृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन गरिनेछ ।

२०। टिनको छानो भएको सबै विद्यालयका कक्षाकोठामा फल्स सिलिङको व्यवस्थालाई निरन्तरता दिइनेछ ।

२१। सम्पूर्ण सामुदायिक बिद्यालयहरूलाइ जग्गाधनी दर्तापूर्जा उपलब्ध गराउन समन्वय गरिनेछ ।

२२। संस्कृत, मगर, थारू लागायतका स्थानीय मातृभाषाको प्रवर्द्धनका लागि कार्यक्रम ल्याइनेछ ।

२३। नगरभित्रका सबै सामुदायीक बिद्यालयहरूमा त्रैमासिक रुपमा अनिवार्य शिक्षक अभिवावक भेला गर्ने प्रणाली बिकास गरिनेछ ।

२४। बालवालिका तथा युवाहरुलाई सृजनशील बनाउन ः municipal Innovation Center संचालनमा ल्याइनेछ ।

प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता संचालन गर्न मिल्ने गरी खेलकुद पूर्वाधारको बिकास गरिनेछ ।

नगरभित्रका खेलमैदानहरूलाइ वर्गीकरण गरी स्तरोन्नती गरिनेछ ।

शैक्षिक संग्रहालय निमार्ण गरिनेछ ।

विद्यालयमा विभिन्न क्लवहरु रेडक्रस, लियो, बालक्लब, आईसिटी क्लव, पाठक मन्चको स्थापना गरिने छ ।

२९। सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जीवनवृत्ति परामर्श ९ऋबचभभच ऋयगलकभििष्लन० मनोविमर्श तथा मनोपरामर्श कार्यक्रम लागू गरिनेछ । साथै पाहुना शिक्षक कार्यक्रमलाइ प्राथामिकताका साथ लागु गरिनेछ ।

३०। तिलोत्तमा नगरपालिकालाई प्रत्यक्ष सहयोग पुग्ने शैक्षिक शोधपत्रमा विशेष आर्थिक सहुलित दिइनेछ ।

१। सम्पूर्ण नगरवासीको स्वास्थ्य बिमा सुरु भएकाले आगामी वर्षहरूमा सो कार्यलाई तीव्रता दिइने छ नेपाल सरकारले आ.व.२०७३/०७४ को बजेटमा उल्लेख गरी सम्भाव्यता अध्ययन गरी डिपीआर गरिसकेको प्रदेशिक मेडिकल कलेजको निर्माण एवं सञ्चालनका लागि नेपाल सरकारसंग आवश्यक समन्वय र पहल गरिने छ हाल न.पा.भित्र रहेका स्वास्थ्य संस्थाहरूलाइ सुविधायुक्त बनाई तिनको स्तर वृद्धि गरिने छ ।

३२। आर्थिक रुपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारको लागि “नगर प्रमुख विपन्न नागरिक सहायता कोषू स्थापना गरिनेछ । “स्वस्थ नगरबासी स् स्वस्थ नगर” भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कामलाई निरन्तता दिइनेछ । नगरपालिका मातहत रहेका एम्बुलेन्सलाई थप जनमुखी बनाइनेछ । नगरभित्रका सबै वर्थिङ्ग सेन्टरहरुको गुणस्तर सुधार गरी सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गरिनेछ । साथै, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाहरुलाई प्रोत्साहन भत्ता स्वरुप दिइने १ हजार रुपैंयाँ भत्तालाई निरन्तरता दिइनेछ । गर्भवती महिलालाई निःशुल्क क्याल्सियमको साथै गर्भवती महिलाको पोषणमा सुधार ल्याउन “गर्भवतीसँग उपमेयर कार्यक्रम” लाई निरन्तरता दिइनेछ । जिरो होम डेलिभरी कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरिनेछ । गर्भवती सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन पोर्टेबल अल्ट्रासाउण्ड सेवा सुरुवात गरिनेछ ।

३३। सेमरा हेल्थपोस्टलाई हाल १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने छ । आवश्यकता अनुसार जनतालाई सहज र सुपथ मूल्यमा औषधी उपलब्ध गराउने पसलहरूको सञ्चालन गर्नका लागि पहल गरिने छ ।

३४। सुत्केरी, जेष्ठ नागरिक घुम्ती सेवा, नवजात शिशु स्वास्थ्यमा विशेष ध्यान दिइने छ । नगरक्षेत्रमा पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने छ । बालबालिकाका लागि खोप सेवा र गर्भवती तथा सुत्केरी महिलालाई पोषणसहितको सुविधा उपलब्ध गराउन पहल गरिने छ ।

३५। प्रत्येक वार्डमा दक्ष नर्स सहितको चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराइनेछ । वडा नं। ६ को गोरकट्टामा र वडा नं। १७ स्थित बी।पी। ग्राममा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।

३६। गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकीमा थप चिकित्सकीय सेवा प्रदान गर्नको लागि आवश्यक पहल गरिनेछ । स्वास्थ्य संस्था मार्फत सुलभ औषधी पसल संचालनका लागि आवश्यक गृहकार्य गरिनेछ । स्वास्थ्य केन्द्रमा रहेको प्रयोगशालालाई थप व्यवस्थित गराइनेछ । साथै आधुनिक खोप केन्द्रको निर्माण गरिनेछ ।

३७। नगरभित्रका स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि संघीय सरकार, प्रदेश सरकार लगायत अन्य सार्वजनिक गैरसरकारी र निजी क्षेत्रसँग , सहकार्य र समन्वय गरिनेछ ।

३८। तिलोत्तमा नगरस्तरीय सुविधा सम्पन्न ल्याव सेन्टरको स्थापना गरिनेछ ।

३९। विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा नगरस्तरीय ब्लड बैङ्क स्थापनाको लागि आवश्यक पहल गरिनेछ तिलोत्तमा नगरपालिकाका नागरिकलाई उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

४०। नगरप्रमुखसँग जेष्ठ नागरिक स्वास्थ्य जाँच घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

४१। आयुर्वेदिक तथा बैकल्पिक पद्धतीबाट गरिने स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइनेछ ।

४२। महिला स्वास्थ्य स्वयम सेविकाको क्षमता अभिवृद्धिका निम्ति तालिम, प्रोत्साहन, अक्षयकोष स्थापना सन्चालन तथा सम्मानजनक बिदाईका कार्यक्रमहरु संचालनलाई निरन्तरता दिइनेछ । ४३। कोख देखि शोकसम्म अभियान संचालन गरी गर्भवती र सुत्केरी महिला लक्षित निशुल्क एम्बुलेन्स सेवा र सुत्केरी महिलाका लागि पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

४४। एल्ऋ ज्यmभ ख्ष्कष्त कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाईने छ ।

४५। तिलोत्तमा नगर कृषिका लागि प्रचुर सम्भावना भएको नगरपालिका भएकोले यस नीति तथा कार्यक्रमा कृषि क्षेत्रलाई विशेष प्रार्थमिकता दिई कार्यक्रम सञ्चालन गरिने छ । कृषि प्रवर्द्धनका लागि नगरभित्रका वडा नं। १४ को तरकारी पकेट क्षेत्र, वडा १२ मकै पकेट क्षेत्र वडा नं १३ को माछा पकेट क्षेत्र, वडा नं। १७ को गहु पकेट क्षेत्रलाई विशेष प्रोत्साहन गर्दै अन्य कृषि पकेटहरूको पहिचान गरी व्यावसायिक खेतीका लागि प्रोत्साहन गरिने र सो मा आवश्यक र अनुदान समेत दिने नीति लिइएको छ ।

४६। सामूहिक सहकारी खेती प्रणालीलाई नमुनाको रूपमा विकास गर्नका लागि अनुदानको व्यवस्था गरिने छ । पशुपालक किसानका लागि आधारभूत भेटेनरी सेवा र भ्याक्सिनको निःशुल्क व्यवस्थापन गर्न पहल गरिने छ । नगरक्षेत्रभित्र आवश्यक खाद्यान्नको सञ्चिति, उपयोग र भण्डारणको व्यवस्था भरपर्दो बनाइने छ । साथै वडा नं। १७ मा निर्माणाधीन चिस्यान केन्द्रको व्यवस्थापन र सञ्चालनका लागि निजी क्षेत्र तथा सहकारी संस्थासंग सहकार्य गरिने छ ।

४७। समुदायलाई कृषि उत्पादनमा आकर्षित गर्ने नीतिहरू तर्जुमा गरी विभिन्न कषि फर्महरू सञ्चालन गर्न प्रोत्साहन गरिने छ । नगर क्षेत्रभित्रको कृषियोग्य जमिन खाली राख्न नपाउने नीतिलाई निरन्तरता दिइने छ । प्रत्येक वडा र टोलहरूमा सहकारी तथा निजी क्षेत्रमार्फत् कृषि तथा फलफूल नर्सरीको व्यवस्था गरी तरकारी खेती, कौसी खेती, उन्नत जातका फलफूल र फूलवारी सञ्चालन गर्न सस्तो दररेटमा बीउविजन र विरुवाहरू उपलब्ध गराइने छ । त्यसका लागि आवश्यक तालिम दिई कृषि दक्ष जनशक्तिको उत्पादन गरिने छ ।

४८। कृषि सहकारीको स्थापनाका लागि प्रोत्साहन गरी उत्पादित वस्तु खरिद र सर्वसुलभ रूपमा बिक्रीको व्यवस्था गरिने छ । पशुपालक कृषकलाई आवश्यक टेवा पुयाई पशुपालनतर्फ विशेष आकर्षण गरी दुध, अण्डा तथा मासुमा आत्मनिर्भर नगरको रूपमा विकास गरिने छ । दुधमा आत्मनिर्भर नगरपालिका घोषित भइसकेको अवस्थामा पशुबिमा र उत्पादनका आधारमा पशुपालनको सम्वर्धनका लागि अनुदानको व्यवस्था गरिने छ । खेतीयोग्य जमिनलाई खण्डित र प्लटिङ्ग गर्न निरुत्साहित गरिने छ ।

४९। छाडा चौपाया नियन्त्रणका लागि ल्याइएको कार्यविधिलाई पूर्ण रूपले कार्यान्वयन गरिने छ हाल सञ्चालनमा रहेको तिलोत्तमा गौशालाको उचित व्यवस्थापनलाई विशेष ध्यान दिइने छ । जंगलमा लगी छाडिने छाडा चौपाया र अन्य जंगली जनावरबाट समेत हुने बालीनालीको नोक्सानी नियन्त्रण गर्न सामुदायिक वनहरूसंग समन्वय गरी जंगल किनारमा तारबार लगाउन सहयोग पुर्याइने छ ।

५०। विषादीमुक्त खानपान तिलोत्तमाको पहिचानू नारालाई आत्मसाथ गर्दै आर्गानिक खेती र उत्पादनलाई प्रोत्साहन गरिनेछ । पशुपालन, पंक्षीपालन, मौरीपालन व्यवसायलाई प्राथमिकता दिई आवश्यक नीति बनाई अनुदान दिने व्यवस्थासमेत मिलाइने छ । तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन गरिने छ । आगामी १ वर्षभित्र ५ बर्षे कृषि योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ । ५१। कृषि तथा पशु विमाको प्रिमियम शुल्कमा अनुदानलाई निरन्तरता दिदै कृषि तथा पशुपंक्षी पालनलाइ ब्यवसायीक र आधुनिकिकरणका लागि कार्यक्रम लागु गर्दै किसान क्रेडिट कार्ड कार्यक्रम संचालनमा ल्याइनेछ । ५२। तिलोत्तमा कृषि एम्बुलेन्स संचालनमा ल्याइनेछ । ५३। कृषि सहकारी संस्था मार्फत सुलभ भेटेनरी पसल संचालनमा ल्याइनेछ । ५४। स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिइनेछ । ५५। ूनगर प्रमुख किसान कार्यक्रमू संचालन गरी कृषकहरुको हित प्रवर्द्धन गर्नका लागि संघीय सरकारको किसानसँग सरकार कार्यक्रमसँग समन्वय गरिनेछ ।


५६। ूपरदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदानू साथ बैदेशिक रोजगारबाट फर्केका तथा वेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गर्नका लागि सामूहिक तथा व्यवसायिक योजनाहरुलाई प्रोत्साहन गरिनेछ । । ५८। नगर स्तरीय युवा परिषद् गठन गरी युवा स्वरोजगार कोष सञ्चालनमा ल्याइने छ । प्रत्येक वार्डमा एकएक वटा खेल मैदान र नगरमा रंगशालाको निर्माण गरिने छ । प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक विद्यालय एक विशिष्ट खेल कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिने छ । खेललाई व्यावसायीकरण गरी ५७। गँहुको विउमा अनुदानमा कार्यक्रमलाई निरन्तरता दिइनेछ खेलाडीहरुको जीवनस्तरको विकास गरिने छ । ५९। नगरमा युवा सूचना केन्द्रको स्थापना गरिनेछ । परम्परागत खेलको बृत्ति बिकास र संरक्षणको लागि पहल गरिनेछ । ६०। नगर प्रमुख दायित्व युवा उद्यमी परिचालन कोष स्थापना गरी युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ । स्वरोजगार कार्यक्रममा युवाहरुलाई प्राथमिकता दिइनेछ । युवाहरुको साहस, सिर्जनशीलता आत्मविश्वास उद्यमशीलताको उच्च मूल्याङ्कन गर्दै शिक्षित, नैतिकवान्, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रुपमा स्वीकार गर्दै नगरको समग्र विकासमा परिचालन गरिनेछ । ६१। खेलकुदको मर्म र भावना अनुरूप खेलकुदको समुचित विकास, विस्तार संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्दै नगर तथा राष्ट्र निर्माण एवं विकासमा खेलाडीको भूमिकालाइ सवल, सक्षम र प्रभावकारी वनाईनेछ । ६२। मेयरकप व्याडमिन्टन प्रतियोगिता, उपमेयर कप महिला भलिबल प्रतियोगिता, वडास्तरीय भलिबल तथा क्रिकेट प्रतियोगिता, राष्ट्रपति रनिङशील्ड प्रतियोगिताका साथै विद्यालयस्तरीय विभिन्न खेलकुद कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । नगरभित्रका क्लवहरुको क्षमता अभिवृद्धि, खेलकुद तालिम सञ्चालन, खेलकूद प्रवर्धन लगायतका क्रियाकलाप सञ्चालन गरिनेछ । ६३। लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध विद्यालय स्तरदेखि नै चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ, यस्तो दुव्र्यसनमा फसेका व्यक्तिहरूलाई सुधार केन्द्र तथा मनोचिकित्सा विधिमार्फत् पुनस्र्थापना गर्न विशेष पहल गरिने छ । ६४। महिला हिंसा न्यूनीकरण एवं सशक्तिकरण, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हितका लागि प्रवद्र्धनात्मक तथा चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । ६५। ूएक घर एक धाराू कार्यक्रमलाई खानेपानी संस्था, प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा अगाडि बढाई खानेपानी योजना सुरु नभएका वडाहरुमा सह( लगानीमा खानेपानीका योजनाहरु संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिदै संघीय तथा प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ । खानेपानीको सेवा नपुगेका वडा क्षेत्रहरुमा सेवा विस्तार गर्न मौजुदा खानेपानी आयोजनालाई उत्प्रेरित, समन्वय र सहजीकरण गरिनेछ । ६६। नगर क्षेत्रमा खानेपानीको महशुलमा एकरुपता कायम गर्न खानेपानी उपभोक्ता समितिहरुलाई उत्प्रेरित गरिनेछ । आर्थिक रुपमा अतिविपन्न, असक्त घरपरिवारलाई खानेपानी धारा जडान तथा महशुल म्बचmब विशेष छुट्टी दिन विशेष पहल न्बचष्लभअज। नेपाल सरकार, प्रदेश सरकार, उपभोक्ता समिति र स्थानीय नागरिकको सहभागिता र लागत साझेदारीमा खानेपानी तथा सरसफाईको सेवा क्षेत्र विस्तार र सेवास्तर वृद्धिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै संघीय सरकारसंगको सहकार्यमा एकीकृत खानेपानी तथा ढल निकास विकास योजनाको सम्भाव्यता अध्ययन गरिनेछ । ६७। सिँचाइका निम्ति सम्भाव्य स्थानहरूमा स्यालो ट्युबेलको व्यवस्था गरि डिपबोरिङ्ग सञ्चालन गरी सिचाइ गर्दै आएका कृषक समुदायलाई विशेष प्रोत्साहन दिइने छ । पहिले चालु रही हाल जीर्ण अवस्थामा रहेका नगरपालिकाभित्र रहेका विभिन्न सिचाइ प्रणालीहरूलाई मर्मत गरी सुचारु गर्न आवश्यक सहयाग गरिने छ । ६८। १६र३६, संयुक्त मौजा सिचाइ प्रणाली लगायतका नहरहरू तथा शाखाहरुलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित उपभोक्तासंगको सहकार्यमा पक्की गर्ने कार्यलाई निरन्तरता दिई व्यवस्थित गरिने र यस नहरका दुबैतर्फ हरियाली सडक निर्माण र प्रवद्र्धनमा योजना बनाई कार्यान्वयन गरिने छ । ६९। गरिव तथा विपन्न वर्ग र भाडामा बस्ने विद्यार्थीहरुलाई हाल लिइदै आएको सरसफाई शुल्कमा छुट दिने सम्बन्धमा निश्चित कार्यविधि बनाई सोही कार्यविधि बमोजिम छुट दिने व्यवस्था मिलाइनेछ । ७०। अन्तर्राष्ट्रिय नाका, बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमान स्थल, बौद्ध सर्किट जस्ता स्थल र प्रतिष्ठानका कारण पयर्टनको दृष्टिले अत्यन्तै महत्व बोकेको यो क्षेत्र पाल्पा, पोखराजस्ता पर्यटकीय सहरको गन्तव्य मार्गमा रहेको छ । यही यथार्थलाई ध्यानमा राखी आगामी १ वर्षभित्र नगर पर्यटन योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ । वृहत् लुम्बिनी क्षेत्र विकास योजना अन्तर्गत सम्बन्धित पालिकाहरुस ँगको समन्वयमा आवश्यक कार्य योजना तयार गर्नको लागि पहल कदमी गरिनेछ । ७१। शंकरनगर सामुदायिक वन, कर्हिया सामुदायिक वन, बोन्टे कोटी सामुदायिक वन, मधुवन सामुदायिक वन, सुखौरा सामुदायिक वन, आनन्दवन सामुदायिक वन, कालिका सामुदायिक वन, हरियाली वन आदि सामुदायिक वनलाई पहिलो तहमा बनाइएको छ र गुलजार पर्यटकीय गन्तव्य बनेको छ । सम्भाव्यता अध्ययन हो।


७२। शंकरनगर वनवाटिका तथा यहा निर्माण भएको तिलोत्तमा बहुउद्देश्यीय टावरलाई पर्यटन प्रवद्र्धनमा अधिकतम उपयोग गरी रोजगार तथा आय आर्जनमा टेवा पुर्याइने छ । शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसग साझेदारी गरिने छ । वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, कुञ्ज पार्क, हरैया पार्क हरियाली पार्क लगायतका पार्कहरूमा थप पूर्वाधार निर्माण गर्दै कुञ्ज पार्कलाई रात्रिकालीन पार्कको रूपमा विकास गरिने छ रात्रीकालीन व्यवसाय गर्ने व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूती गरिनेछ। ७३। संघीय सरकारबाट निर्माणाधीन रोहिणी जलाशययुक्त बहुउद्देश्यीय परियोजनालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गरिने छ । विभिन्न भाषाभाषी तथा संस्कृति, साहित्य, कला र संगीतको उपयुक्त सम्वर्धन र विकासका लागि छुट्टै सांस्कृतिक प्रतिष्ठान स्थापना गर्न पहल गरिने छ । वडा नं। ११ को सुखौरा नदी उकास क्षेत्र ९ढाक्रेवास० लाई मिनी सौराहको रूपमा विकास गर्न पहल गरिने छ । ७४। जलाधार क्षेत्रको सरक्षण तथा सम्बर्द्धनका लागि बिभिन्न स्थानहरुमा तालतलैया निर्माणको कार्यको थालनी गरिनेछ । साथै तिलोत्तमा नगरपालिका वडा न १४ मा रहेको नन्द भाउजु ताल एव वडा न ८ मा रहेको बिन्दावासिनी मन्दिर तथा तालको सरक्षण र बिकास गरी पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिनेछ । ७५। नगरका हरेक सडकको दाँया बाँया थप वृक्षरोपण गरी हरियाली सडकको रूपमा विकास गर्न टोल विकास संस्था परिचालन गर्ने कार्यलाई निरन्तरता दिइने छ । हरेक वडा र मुख्य टोल र बस्तीमा हरियालीसहितको पार्क तथा बाल उद्यानको निर्माणमा समन्वय गरी समुदायमा आधारित उद्यानहरू सञ्चालन गरिने छ । प्रत्येक घर आँगनमा फूलवारी र फलफूलका बगैंचा निर्माण गर्ने अभियान नै चलाई ूग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाू भन्ने अभियानलाई सार्थक बनाइने छ । ७६। धार्मिक साँस्कृतिक तथा पुरातात्विक एवम् पर्यटकीय स्थल संरक्षण र सम्वर्द्धन गरिनेछ । । ७७। पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ ्र ऋजयधप ष्मभलतषष्अबतष्यल र त्यभि mबउउष्लन न्क्ष्क् द्यबकभम ःगलष्अष्उब िक्ष्लायचmबतष्यल एयचतब िस्थापना गरिनेछ । ७८। पर्यटन, उद्योग, व्यापार, भवन निर्माण, यातायात जस्ता क्षेत्रका नीतिहरू तर्जुमा गर्दा निजी क्षेत्रसग समन्वय र सहकार्य गरिने छ । नवीन खोज र औद्योगिक पूर्वाधार विकासका लागि थप पूर्वाधारहरू निर्माण गरी नवीनतम प्रविधिलाई प्रोत्साहन दिने नीति अवलम्बन गरिने छ । ७९। सरकार, निजी क्षेत्र र सहकारी बीचको सहकार्य र साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योग व्यवसायको स्थापना गर्न प्रोत्साहन गरिनेछ । महिला मात्र सदस्य भएको सहकारी संस्थाको व्यवसाय करमा ५० प्रतिशत छुटलाई निरन्तरता दिइनेछ । सहकारी मर्ज कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । ८०। उद्योगी, व्यवसायीलाई व्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गरी नगरपालिकाको समग्र विकासमा सहभागी हुन प्रेरित गरिनेछ । उद्योगले वातावरण प्रदुषण कम गर्ने खालका प्लान्ट जडान गरि प्रदुषण कम गरेमा र आफ्नो उत्पादन प्लाष्टिकमा प्याक नगरि कपडा वा कागज जस्ता वातावरणमैत्री वस्तुमा प्याक गरी सप्लाइ गरेमा त्यस्ता उद्योगलाइ नगरपालिकाले लिने व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइनेछ । ८१। तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नभई सञ्चालनमा रहेका, सघन बस्तीको नजिक रहेका तथा वातावरण बिगारेका उद्योगहरुलाई मापदण्ड पूरा गराई उद्योग ग्राममा स्थानान्तरण हुन प्रोत्साहन गरिने छ । ८२। पर्यटन, उद्योग, व्यापार र प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई लगानीको उपयुक्त वातावरण बनाई आकर्षित गर्न त्यस्ता क्षेत्रको पहिचान गरी आवश्यक पूर्वाधारको निर्माण गरिने छ । ८३। नगरपालिकामा रहेका व्यापारिक केन्द्र र बजारहरूलाई निजी क्षेत्रसग समन्वय गरी व्यवस्थित गरिने छ । हाल डिपिआर भई निर्माणाधीन अवस्थामा रहेको वडा नं। १० रोहिणीस्थित औद्योगिक ग्रामको निर्माण पुरा गरी निजी क्षेत्रको सहभागितामा सञ्चालनमा ल्याइने छ । ८४। बित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै सहकारीहरूलाई रोजगारी र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइनेछ । उद्देश्य र आवश्यकताका आधारमा सहकारीहरुलाई सीप र क्षमता बिकासका लागि कार्यक्रम संचालनमा ल्याइनेछ । ८५। नगरपालिकामा ूश्रम बैंक तथा रोजगार सूचना केन्द्रू स्थापनाका लागि नीतिगत व्यवस्था गरिनेछ नगरपालिका भित्र श्रमिकहरुको सीप, ज्ञान तथा दक्षताको आधारमा श्रमकार्ड वितरण गरी रोजगारी सिर्जना गरिनेछ । ८६। सहकारी वा समूह मार्फत स्थानीय वस्तुको प्रयोग गरी संचालन गर्ने घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गरिनुका साथै स्वदेश तथा विदेशमा निर्यात हुने उत्पादित वस्तुमा लाग्ने स्थानीय कर छुट दिइनेछ । ८७। नगरस्तरीय कोशेलीघर संचालन गरिनेछ । ८८। व्यवसायिक क्षेत्रले समाजमा निर्वाह गर्नुपर्ने दायित्वलाई ध्यान दिदै उद्योग तथा व्यापारका लागि संस्थागत दायित्व ९ऋक्च्० निर्देशिका तयार गरि कार्यान्वयनमा ल्याईनेछ । उद्योग व्यवसायीसँगको सहकार्यमा युवा स्वरोजगार कार्यक्रम संचालन कार्यक्रमलाई निरन्तरता दिइनेछ । ८९। सबै तहमा लैंगिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरण एवं प्रवर्द्धनका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति अवलम्बन गर्ने र यस्तो नीतिलाई समय र परिस्थितिअनुसार परिमार्जन गरी प्रभावकारी बनाइने छ राजनीतिक, आर्थिक तथा सार्वजनिक जीवनका सबै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरूको प्रभावकारी सहभागिता तथा समान अवसर सुनिश्चित गरिने छ । संविधानअन्तर्गत मौलिक हकमा उल्लेख भएका महिलाका शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका विशेष कार्यक्रम बनाई लागु गरिने छ । महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्न संघ र प्रदेशसँग समेत सहकार्य गरी यस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने छ । ९०। महिला उद्यमशीलतामार्फत् स्वरोजगारी बढाउने कार्यक्रम तय गर्ने, पुरुषसरह महिलालाई समान ज्याला उपलब्ध गराउने, कार्यस्थलमा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउने कार्यक्रमहरूमा महिला सञ्जालहरूलाई अधिकतम परिचालन गरिने छ । संघीय सरकारको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरी महिला क्षमता अभिवृद्धि र आय आर्जनमा सहयोग पुर्याउन पहल गरिने छ । ९१। जनप्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुलाई लैगिंक समानता, महिला सशक्तिकरण, लैगिंक हिंसा निवारण तथा बालअधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । मानव मर्यादाको नगर बनाउन जातीय छुवाछुत तथा सामाजिक विभेद र उत्पीडनको व्यवहारिक अन्त्यको लागि ूविभेदमुक्त नगरः समतायुक्त नगर” बनाउन आवश्यक रणनीति र अभियान सञ्चालन गरिनेछ । ९२। महिला हिंसा न्यूनीकरण एवं सशक्तिकरण, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हितका लागि प्रवद्र्धनात्मक तथा चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । लैगिंकमैत्री नगरपालिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम संचालन गरिनेछ । विकासको मूलप्रवाहमा आउन नसकेको आदिबासी जनजाति, दलित, मुश्लिम, पिछड़ा वर्ग तथा पछाडि परेको वर्ग समुदायलाई नगर विकासको मूल प्रवाहमा ल्याइनेछ । ९३। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा सबै महिला र बालिकाहरूको सशक्तीकरणका लागि योजना बनाई लागु गरिने छ । लैङ्गिक अल्प संख्यकहरूको पहिचान गरी उनीहरूको क्षमता विकास तथा सशक्तीकरण गरिने छ । ९४। मानव ओसारपसार तथा यौनशोषणलगायत सार्वजनिक तथा निजी क्षेत्र र कार्य स्थलमा हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्न सम्बद्ध सबै पक्ष सचेत रही यस्ता घटना घट्न नदिन प्रभावकारी अनुगमनको व्यवस्था गरिने छ । नगरपालिकाले पारित गरेको स्थानीय बालमैत्री शासन पद्धतिलाई दिगो र भरपर्दो बनाउन प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । ९५। हाल सञ्चालनमा रहेका बाल विकास केन्द्रहरूलाई थप प्रोत्साहन गरी बालअधिकारको सुनिश्चितता गरिने छ । विभेदपूर्ण कानुन, नीति र प्रचलनहरूको अन्त्यका लागि उपयुक्त कानुन, नीति र प्रचलनको प्रवद्र्धन गर्ने, सबैलाइ समान अवसरको सुनिश्चितता गरी परिणाममा असमानता नभएको महसुस गर्ने वातावरण निर्माण गरिने छ । ९६। बृहत्तर समानता हासिल गर्न वित्तीय, ज्यालासम्बन्धी र सामाजिक संरक्षण नीतिहरू अवलम्बन गरिने छ । छुवाछुत जातीय भेदभाव, लैङ्गिक विभेद, अन्धविश्वास जस्ता कुरीतिहरू पूर्ण रूपमा हटाउन प्रभावकारी कार्यक्रम ल्याइने छ । ९७। जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा असहायको लगत संकलन र स्थानीय रूपमा नगरपालिकाले गर्न सक्ने सहयोगको खाका तर्जुमा गरी लागु गरिने छ । स्थानीय पूर्वाधारलाई अपाङ्गता मैत्री बनाउने, अशक्त व्यक्तिका लागि सहज रूपमा आधारभूत सेवा पुग्ने व्यवस्था गरिने छ । संविधानमा उल्लेख भएका दलित तथा पछाडि पारिएका समुदायको हकसम्बन्धी कार्यक्रमहरूलाई संघ तथा प्रदेशको सहकार्यमा व्यवस्थित बनाउन पहल गरिने छ । ९८। एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट उपलब्ध दिदै आएकोमा सोलाई निरन्तरता दिइएको छ । लैगिक हिंसा न्यूनिकरण र दाइजो प्रचलन न्यूनीकरण उन्मुख कार्यक्रमहरु संचालन गरिने छ । महिलाहरुमा रहेको परम्परागत सीप प्रवर्द्धन गर्नको साथै महिला उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ । ९९। ूयुवा तथा महिलासंग उपमेयर कार्यक्रम” सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसाय, सीपसंग जोड्दै उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक सीप, तालीमको व्यवस्थापन गर्दै उद्यमशील नगर बनाउन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । उद्यममा जोडिन चाहनेहरुको लागि सहुलियतपूर्ण कर्जा व्यवस्था गरिनेछ । १००। बेरोजगार महिलाहरूलाई आवश्यक सिपमूलक तालिमको व्यवस्था गरी स्वरोजगारतर्फ आकर्षित गरिने छ । यसरी स्वरोजगारमा लाग्ने महिला, दलित, उत्पीडित तथा पिछडा वर्गलाई विशेष अनुदानको व्यवस्था समेत गरिने छ । सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवर्द्धन गर्न योजना बनाई लाग् गरिने छ । १०१। सामाजिक परिचालनका माध्यमबाट गरिबी न्यूनीकरणका लागि कार्यक्रम संचालन गर्ने सरकारी एवं गैरसरकारी संस्थाहरुसंग आवश्यक समन्वय गरी कार्यक्रम संचालन गरिनेछ । सामाजिक परिचालन कोष” लाई सवलीकृत गरी मजबुत र व्यवस्थित गरिनेछ । सामुदायिक विकास कोषको लागि म्याचिङ्ग फण्डको व्यवस्था गर्दै १७ वटै वडाहरुमा सन्चालन गर्दै घुम्तिकोष मार्फत महिलाहरुलाई विभिन्न स्वरोजगार तालिम संचालन गरिनेछ । १०२। लैङ्गिक मैत्री नगरपालिका घोषणाका लागि कार्ययोजना अनुरूपका कार्यक्रमहरू कार्यान्वयन गरिनेछ । १०३। टोल विकास संस्था, आमा समूह विभिन्न क्लब लगायतका सामुदायिक संस्थाहरुसंग सामाजिक रुपान्तरणका क्रियाकलाप संचालनमा समन्वय, सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ । अपांगता भएका मध्ये ुकु वर्गका रातो र “ख” वर्गको निलो कार्ड प्राप्त गर्ने व्यक्तिले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको र “ग” वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सुविधा प्राप्त नगरेका पहेलो परिचयपत्र प्राप्त गरेकाहरुलाई नगरपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप वार्षिक रु ६।००० दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । अपांगता भएका व्यक्तिको राष्ट्रिय परिचयपत्रको आधारमा त्यस्ता व्यक्तिले संचालन गरेको उद्योग(व्यवसायहरुमा लाग्ने करमा शतप्रतिशत छुट दिइने नीति अवलम्वन गरिएकोमा सोलाई निरन्तरता दिइएको छ । १०४। लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध विद्यालय स्तरदेखि नै चेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ, यस्तो दुव्र्यसनमा फसेका व्यक्तिहरूलाई सुधार केन्द्र तथा मनोचिकित्सा विधिमार्फत् पुनस्र्थापना गर्न विशेष पहल गरिने छ । १०५। महिला हिंसा न्यूनीकरण एवं सशक्तिकरण, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको हितका लागि प्रवर्द्धनात्मक तथा चेतनामूलक कार्यक्रम संचालन गरिनेछ । लैगिंकमैत्री नगरपालिका घोषणा कार्ययोजना अनुसार कार्यक्रम संचालन गरिनेछ । विकासको मूलप्रवाहमा आउन नसकेको आदिबासी जनजाति, दलित, मुश्लिम, पिछड़ा वर्ग तथा पछाडि परेको वर्ग समुदायलाई नगर विकासको मूल प्रवाहमा ल्याइनेछ । १०६। सामाजिक शक्तिको रुपमा रहेका टोल विकास संस्थाहरुले गरेका असल अभ्यासहरुको आदान प्रदान मार्फत नगरको संस्थागत विकासमा टेवा पुयाउन टोल विकास संस्थाको नगरस्तरीय सञ्जाल गठन गरिएकोले टोल विकास संस्थाको क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ । क्रियाशीलताको आधारमा टोल विकास संस्थालाई अनुदान दिने व्यवस्था मिलाइनेछ । टोल विकास संस्थालाई नगरको विकासमा सहभागी बनाउन र र उनीहरुसंगको क्षमतालाई प्रयोग गरी नगरको समग्र विकासमा गतिशीलता ल्याउनको लागि टोल विकास संस्थाको लागत साझेदारी कार्यक्रमलाई निरन्तरता दिइने छ । १०७। यस क्षेत्रमा क्रियाशील संस्थाहरुसंगको साझेदारीमा अपांगता भएका व्यक्तिहरुलाई उपयोगी हुने सहायता सामग्री वितरणको व्यवस्था मिलाइनेछ । अपांगता मैत्री नगर घोषणाका लागि आवश्यक गृहकार्य गरिनेछ । अपाङ्गताका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र अधिकारलाई सुनिश्चित गरिनेछ । १०८। ूएक वडा एक जेष्ठ नागरिक विश्रामस्थल ू अवधारणा अनुसार ूतिलोत्तमा चौपारीू निर्माण गरी जेष्ठ नागरिकको सहज र सम्मानपूर्वक जीवनयापनका लागि उचित वातावरण गरिनेछ । तयार १०९। सार्वजिनक स्थलहरुमा लैङ्गिक, दलित हिंसा विरुद्ध तथा बालमैत्री नगर सम्बन्धी सन्देश मूलक सामग्री तथा होडिङ्ग बोर्ड राखिनेछ । ११०। बालबालिकासँग मेयर र उपमेयर कार्यक्रम संचालन गरिनेछ । साथै नगर प्रमुख जनता आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ । १११। लक्षित वर्ग ९महिला, बाल बालिका, अपाङ्गता, जनजाति, जनजाति, दलित, ज्येष्ठ नागरिक, मधेसी, मुस्लिम र पिछडिएको वर्ग० प्रत्येक समुदायको आर्थिक, सामाजिक र सास्कृतिक समृद्धिका लागि कार्यक्रमहरु संचालन गरिनेछ । ११२। दलित आदिवासी जनजाती तथा अन्य वर्गका लागि सीपमूलक, तालिम सन्चालन गरिनेछ । दलित समुदायका आयमूलक तालिम परम्परागत पेशा व्यवसायलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्नका लागि औजार सामग्री खरिदमा अनुदानको व्यवस्था गरिनेछ । ११३। सामाजिक सचेतना र विभेद अन्त्यका निम्ति नगरस्तरीय कार्यक्रम सन्चालन गरिनेछ। ११४। विना धितो सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिइनेछ । बैदेशिक रोजगारीका निम्ति सुरक्षित आप्रवासन ९सामी० र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ९मेडपा० निरन्तरता दिइनेछ । उद्यमीहरुले उत्पादन गरेका उत्पादित बस्तुहरुको बजारीकरणको व्यवस्था गरिनेछ । पूर्वाधार विकास ११५। नगर विकास कोष, ल्क्ष्ँच्ब् द्यबलप, ध्यचमि द्यबलप, ब्म्द्य लगायतका राष्ट्रिय तथा अर्न्तराष्ट्रिय संस्थाहरु तथा नीजि क्षेत्र सँगको सहकार्यमा तिलोत्तमा १३ र १४ मा प्रस्तावित प्रादेशिक बसपार्क, तिलोत्तमा १६ र १७ मा एकिकृत जग्गा विकास योजना ल्याण्ड ० ९ पुलिङ्ग प्रोजेक्ट, तिलोत्तमा १७ मा चिस्यान केन्द्र, विभिन्न सडकस्तरोउन्नती, महत्वपूर्ण भौतिक पूर्वाधार लगायतका योजनाहरु निर्माण कार्यलाई सार्बजनीक नीजि साझेदारी ९ एएए० मोडलमा प्राथमिकताका साथ अगाडी बढाइनेछ । ११६। नगरपालिकाको वडा नं। १३ मा डिपिआर भैसकेको अटोभिलेज स्थापना गरी सञ्चालन गर्न पहल गरिने छ । ११७। नगरभित्रका मुख्य(मुख्य सडकलाई आगामी ५ वर्षभित्रमा दुई लेनको सडकमा स्तरोन्नति गरिने र सहायक सडकलाई कालोपत्रे गरिने छ । निर्माणाधीन दुई लेनको चक्रपथ निर्माणको कार्य संघ तथा प्रदेश सरकारको समन्वयमा आगामी ५ वर्षभित्रमा सम्पन्न गरिने छ । ११८। कटानी भुल्कादेखि भूपू सैनिक जाने सडकको सुखौरा खोलामा र भूपू सैनिक र देवदहको टटेरा जोड्ने रोहिणी खोलामा पक्की पुल निर्माणका लागि संघ तथा प्रदेश सरकारसंग आवश्यक पहल गरिने र नगरपालिकाभित्र भइरहेका सडकको स्तरोन्नति गरिनेछ ११९। सडक सुरक्षामा सुधार गर्दै सुरक्षित, धान्न सकिने, सहज र दिगो यातायात व्यवस्थापनमा स्थानीय जनताको पहुँच सुनिश्चित गरिने छ । सिद्धार्थ लोकमार्गको ड्राइभरटोल, मणिग्राम, भलवारी र कोटिहवामा हाल जडान गरिएका ट्राफिक लाइटको दिगो व्यवस्थापन गरिने छ । ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने छ । १२०। नगरपालिकाको एकीकृत सहरी विकास योजना र भूउपयोग योजनाले निर्देश गरेका स्थानबाहेक जथाभावी घर निर्माणलाई निरुत्साहित गरिने र भवन संहिताको पूर्ण पालना गरी भूकम्प प्रतिरोधी घर भवन निर्माण गर्न प्रोत्साहित गरिने छ । घर तथा भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्ने, सडकमा चौपाया बाँधेर राख्ने जस्ता सडक यातायातमा व्यवधान पुच्याउने कार्यलाई निरुत्साहित गरी सडक आवागमनमा सहजता ल्याइने छ । १२१। सार्वजनिक भवन निर्माण गर्दा शारीरिक अशक्त, वृद्ध र महिला मैत्री भवनको निर्माणलाई अनिवार्यता गरिने छ । पर्याप्त, सुरक्षित तथा खर्चले धान्न सक्ने आवास र आधारभूत सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्ने र झुप्रा बस्तीहरूको स्तरोन्नतिमा आवश्यक सहयोग गर्न नीति अङ्गिकार गरिने छ ।


१२२। नगरको विभिन्न क्षेत्रका अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्वासी तथा सिमान्तकृत समुदायलाई व्यवस्थित बसोवासका लागि संघ तथा प्रदेश सरकारसंग र रास्ट्रीय भूमी आयोगसंग समन्वयात्मक पहल गरिने छ । नगरभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको लगत लिने कार्य गर्न बाँकी रहेका वडाहरूबाट समेत लगत लिई सार्वजनिक जग्गाको अतिक्रमण हुन नदिने एवं संरक्षणको व्यवस्था गरिने छ । १२३। सडक कालोपत्रे सम्बन्धी योजनामा मुख्य(मुख्य सडकको पहिचान गरी ५ से मोटाइको मी। ब्कउजबति ऋयलअचभतभ सडक वनाउने कार्यलाइ प्राथमिकतामा राखिनेछ । साथै सागुरा र छोटा भित्री सडकहरुमा क्ष्लतभचयिअप अथवा च्ऋऋ सडकलाई जोड दिइनेछ । १२४। नगरस्तरीय तथा वडा स्तरीय सडक कालोपत्रे तथा मर्मत सम्बन्धी योजनाहरु आवश्यकता अनुसार मर्ज गरी योजनाको बजेट बृद्धि गर्ने र अनिवार्य ब्कउजबति एबिलत बाट नै कालोपत्रे गर्ने व्यवस्था मिलाइनेछ । १२५। तिलोत्तमा नगरपालिकालाई साइकल सिटीको रुपमा विकास गरिनेछ । साथै उपयुक्त सडक तथा रुट पहिचान गरी साइकल लेन सहितको सडक निर्माण कार्यलाई प्रोत्साहन गरिनेछ । १२६। नगरक्षेत्रमा जग्गा पहिचान गरी न्चयगलम धबतभच चभअजबचनभ कतबतष्यल को सम्भाव्यता अध्ययन गरिनेछ । १२७। आर्थिक वर्ष ०७८र०७९ का लागि संचालनमा रहेका विभिन्न उपभोक्ता समिति तथा ठेक्का माध्यमबाट संचालित सम्पन्न हुन नसकेका योजनाहरुलाई पूर्णता दिइनेछ । १२८। तिलोत्तमा चक्रपथको पूर्णताका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ । १२९। सडक तथा भवन निर्माण मापदण्डलाई परिमार्जन गरी कार्यान्वयन गराइनेछ । १३०। स्थानीय उपभोक्ता र नेपाल विद्युत् प्राधिकरणसंग समन्वय गरी वार्डका सबै सडक बस्तीहरूमा जनसहभागिताको आधारमा सडक बत्तीको व्यवस्थापन गरिने छ । यसका लागि हरेक बस्तीबाट उज्यालो कोष स्थापना गरी नगरपालिकाबाट अनुदान प्रदान गरिने छ । तिलोत्तमा नगरपालिकालाई उज्यालो नगरका रुपमा विकास गर्न विद्युत् प्राधिकरणको सहकार्यमा स्ट्रीट सिटी लाइट परियोजना कार्यान्वयनमा ल्याइनेछ । १३१। नेपाल विद्युत् प्राधिकरणसंग समन्वय गरी घना बस्तीबाट गएको विद्युत् हाइटेन्सन लाइनको खतरालाई दृष्टिगत गरी वैकल्पिक व्यवस्थाअन्तर्गत यस्ता लाइनलाई भूमिगत गराउन पहल गरिने छ । हरेक घरमा धुँवारहित चुलो प्रयोगमा ध्यान दिइने छ । गोबर ग्यास प्लान्ट राखेलाई नगरपालिकाले छुट्टै अनुदानको व्यवस्था गर्ने छ । विद्युतभार र आर्थिक व्ययभार कम गर्न वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिइने छ । १३२। घर निर्माण गर्दा सडक र डिपिसी लेबलको एकरुपता हुनेगरी आवश्यक मापदण्डसहित कार्यान्वयन गरिनेछ । घरधनीहरुलाई रङ्ग रोगनमा स्वेच्छिक गरी नगरपालिकाले तोकेको कलरकोड लगाउने घरधनीलाई रङ्ग खरिदमा रङ्ग व्यवसायीसँगको समन्वयमा ःच्ए मा ५० प्रतिशत छुटको व्यवस्था मिलाइनेछ । १३३। योजनाबद्ध विकास मार्फत् स्वच्छ, सुरक्षित, समृद्ध र पहिचानयुक्त नगरको रुपमा विकास गरी नगरबासीहरुको माग अनुसार सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सहरी सेवा तथा सुविधा उपलब्ध गराई नगरबासीहरुको जीवनस्तरमा सुधार ल्याउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृनिकायहरुको समन्वयमा “शहरी सेवा प्रवर्द्धन ू का कार्यक्रमहरु संचालनमा ल्याइनेछ । नगरको व्यवस्थित र योजनाबद्ध विकासको लागि नगर विकास समितिलाई क्रियाशील बनाइनेछ । प्रदेश र संघीय सरकारबाट नगरपालिकामा सञ्चालन हुने परियोजनाको सघन अनुगमन गरिनेछ । १३४। वडा बस्ती स्तरमा हुने विकास निर्माणमा गुणस्तर कायम गर्नुको साथै समयमै सम्पन्न गर्न कलस्टर मिलाएर वडा वडामा प्राविधिक खटाउने व्यवस्था मिलाइने छ । योजनाहरुको प्रभावकारी अनुगमनको लागि वडा तहसम्म संयन्त्र निर्माण गरिनेछ । सडक निर्माण तथा मर्मत कार्य गर्दा विद्युत, खानेपानी, टेलिफोन लगायतका पूर्वाधारको एकीकृत योजना निर्माण गरी कार्यान्वयन गरिनुको साथै सडक आयोजनाको लागत ईष्टिमेट गर्दा विद्युत, खोपानी पाइपलाइन समेतलाई ध्यान दिइनेछ । लगायतका संरचना स्थानान्तरण १३५। सार्वजनिक निजी साझेदारीको ९एएए० अवधारणामा शीतभण्डार, कृषि यान्त्रिकरण, पर्यटन, फोहोरमैला व्यवस्थापन, उद्यम विकास, भौतिक संरचना निर्माणका आयोजना संचालन गरिनेछ । जनसहभागिता वास सहकारी संस्था, युएनडिपी लगायत सम्बद्ध संस्थासंग लागत साझेदारीमा उन्नत स्तरको प्रशोधन केन्द्र स्थापना गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । १३६। संचारकर्मीहरुको व्यवसायिक दक्षता अभिवृद्धि, पेशागत सुरक्षालाई ख्याल गरी नेपाल पत्रकार महासंघ, तिलोत्तमा मिडिया क्लव लगायतका सञ्चार सम्बद्ध संघ(संस्थासँग कल्याणकारी कोष स्थापना, फेलोशीप तथा सञ्चार ग्राम निर्माणका लागि आवश्यक सहकार्य गरिनेछ । सामुदायिक सञ्चार माध्यमको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीय सञ्चार माध्यमहरुको कार्यसम्पादन प्रभावकारिताको र आधारमा साझेदारीको नीति अवलम्वन गरिनेछ । तिलोत्तमा मिडिया क्लवको भौतिक संरचना तथा प्रवर्द्धनात्मक कार्यक्रममा आवश्यक सहयोग गरिनेछ । १३७। नगरपालिकाबाट १००० वर्गफिट सम्मको घरको नक्साहरुको डिजाइन तयार गरी सो नक्सा र मापदण्ड बमोजिम घर बनाउन चाहेमा त्यस्तो नक्सा निशुल्क उपलब्ध गराईनेछ । १३८। नगरभित्रका मुख्य सडक तथा बजारक्षेत्रमा सःशुल्क स्मार्ट पार्कीङ्गको अवधारणा ल्याइनेछ। १३९। नगरभित्रका सडक लगायतका पूर्वाधारहरु विग्रन सुरु भएमा त्यस्तो स्थानमा तत्कालै मर्मत गरी थप विग्रन नदिनका लागि पूर्वाधार एम्बुलेन्स सहितको ःबष्लतभलबलअभ ग्लष्त बनाइनेछ १४०। क्mबचत ऋष्तथ को प्रारम्भिक सूचकहरु पुरा गर्ने गरी कार्यक्रम गरिनेछ । १४१। क्ष्लमगअतष्यल चुलो प्रयोगलाइ प्रोत्साहन गरिनेछ । १४२। नगरका हरेक सडकको दाँया(बाँया थप वृक्षरोपण गरी हरियाली सडकको रूपमा विकास गर्न टोल विकास संस्था परिचालन गर्ने कार्यलाई निरन्तरता दिइने छ । हरेक वार्ड र मुख्य टोल बस्तीमा हरियालीसहितको पार्क तथा बाल उद्यानको निर्माणमा समन्वय गरी समुदायमा आधारित उद्यानहरू सञ्चालन गरिने छ । प्रत्येक घर आंगानमा फूलवारी र फलफूलका बगैंचा निर्माण गर्ने अभियान नै चलाई ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने अभियानलाई सार्थक बनाइने छ । १४३। भूकम्प, बाढी, आगलागी जस्ता प्राकृतिक विपत्ति र जलवायु परिवर्तनमा प्रतिकूल प्रभावहरूको न्यूनीकरणमा ध्यान दिइने छ । साथै विपत् व्यवस्थापन कोषलाई थप प्रभावकारी बनाई परिचालन गरिने छ । तिनाउ तथा रोहिणी नदी किनारका शवदाह स्थलहरूलाई वातावरण मैत्री बनाइ थप व्यवस्थित गरिने छ । १४४। विपद्का कारण हुने धनजनको क्षतिलाई कम गर्न विपद् व्यवस्थापन योजना तर्जुमा गरी लागु गरिने छ । नगरपालिकाभित्र हुने डुबान क्षेत्रको पहिचान गरी यसको उपयुक्त समाधानका लागि


अध्ययन गरी डुबान नियन्त्रणको समुचित व्यवस्था गरिने छ । विपद् जोखिम नक्साङ्घन गरी सोअनुसारको प्रतिकार्य योजना निर्माण गरेर कार्यान्वयनमा ल्याइने छ । १४५। नगरक्षेत्रभित्र ढलको समुचित व्यवस्थाको पहल गरी अब बन्ने नयाँ सडकमा ढल निर्माणसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने छ । सहरमा उत्पादित जैविक फोहोरबाट प्रांगारिक मल उत्पादन गर्न र अजैविक फोहोरलाई पुनः प्रयोग गर्न वास ध्ब्क्ज् सहकारी तथा निजी क्षेत्रसँग समन्वयात्मक पहल गर्ने कार्यलाई निरन्तरता दिइने छ । निजी क्षेत्र, जनसहभागिता तथा नगरपालिकाको सहभागितामा हाल सञ्चालन भइरहेको फोहर व्यवस्थापन कार्यलाई थप व्यवस्थित गरिनेछ । १४६। प्रत्येक घरमा ध्बकतभ ध्बतभच ःबलबनझभलत पद्धतिको अवलम्बन गरी घरआँगन सफा राख्ने कार्यलाई प्रभावकारी अनुगमनसहित थप व्यवस्थित गरिनेछ । नगरका विभिन्न सार्वजनिक स्थानहरूमा आवश्यकतानुसार सार्वजनिक शौचालय निर्माणको कार्यलाई प्राथमिकता दिइने छ । १४७। नगरपालिका भित्र रहेका तपाहालाइन, १६ र ३६ मौजा लगायतका नहर, घोला, कुलानालाहरू बाट भित्रिने फोहोरको नियन्त्रण र व्यवस्थापन गर्न टोल विकास संस्था तथा स्थानीय समुदायलाई अझ प्रभावकारी रूपमा परिचालन गरिने छ । शून्य पोलिथिन योजनालाई दिगो रूपमा व्यवस्थित गर्न छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रभावकारिता ल्याइने छ । नगर क्षेत्रभित्रका ठुला तथा साना सडकहरूमा नियमित सरसफाइको व्यवस्था गरिने छ । १४८। प्रत्येक सामुदायिक विद्यालय संस्थागत विद्यालयका र विद्यार्थीहरूमार्फत् घरपरिवारमा जनचेतना जगाई सफासुग्घर रहन ध्ब्क्ज् कार्यक्रमलाई अझ प्रभावकारी बनाइने छ । सार्वजनिक सवारी साधनमा फोहरमैला व्यवस्थित गर्न अनिवार्य डस्टबिन राख्ने व्यवस्थालाई प्रोत्साहित गरिने छ । यस तिलोत्तमा नगरपालिकाको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा भन्ने नारालाई आत्मसात गरी स्वच्छ, सफा तथा हराभरा नगर, नेपालकै नमुना सहरको रूपमा विकसित गर्ने अभियानलाई थप प्रभावकारी बनाइने छ । हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने छ । १४९। बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिई तिलोत्तमाको जनसंख्या बरावर वृक्षारोपण अभियान अनुसार हरेक वर्ष २५ हजार बिरूवा बृक्षारोपण गरी रोपिएका बिरुवा संरक्षण गर्ने अभियान संचालन गरिनेछ। “जन्म दिनमा वृक्षारोपण” गर्ने कार्यक्रमलाई निरन्तरता दिई थप प्रवर्द्धन गरिनेछ । १५०। नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम ९भ्ँीन् ० सन्चालन गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय गर्दै विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी अभिमुखिकरण तथा रणनीतिक कार्यक्रम संचालन गरिनेछ । ूस्वच्छ वातावरण स्वच्छ सासू कार्यक्रम संचालन गरि घर र वातावरण स्वच्छ र सुन्दर बनाइनेछ । १५१। सिक्स लेन सडक तथा महत्वपूर्ण भित्री सडकमा विभिन्न संघ संस्थासँग समन्वय गरी शहरी सुन्दरता अभिवृद्धि कार्यक्रम गरिनेछ । १५२। जोखिम संवेदनशील क्षेत्रहरु पहिचान गरी नगर क्षेत्रमा घना वस्ती भएका स्थानका खोलाहरुको तटबन्ध गरी वस्ती सुरक्षित गरिने छ । साथै प्राकृतिक प्रकोप जन्य जोखिम युक्त वस्तीहरुको सुरक्षाका लागि कार्यक्रम बनाई कार्यान्वयन गरिने छ । १५३। नगर क्षेत्रमा भैपरी आउने विपदहरु जस्तैः कोरोना महामारी, वाढी, नदि कटान तथा डुवान, आगलागी लगायतका विपद्हरुबाट पिडित घरपरिवार विशेष गरि अति विपन्न, असाह्य, गरिव दलित समुदायको राहत र पुनर्उत्थानका कार्यक्रमहरु सन्चालन गर्न सहयोग गरिनेछ । १५४। पैदल यात्री तथा वटुवाहरुलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन खानेपानी तथा सरसफाई संस्थाहरुसँग समन्वय गरी सिक्स लेन सडक लगायतका मुख्य चोकहरुमा स्वच्छ पिउने पानीको धारा जडान गरिनेछ । १५५। नगर भित्रको डुवानलाई नियन्त्रण र व्यवस्थित गर्न नगर भित्र रहेका सवै घोला तथा कुलाहरु सफाई गरी पानीको सहज निकासको व्यवस्थापन गरिनेछ । १५६। विपदमा छिटो छरितो उद्धार तथा व्यवस्थापन गर्न नगरपालिका परिसरमा दक्ष शक्ति सहितको विपद् व्यवस्थापन केन्द्र ९ टाक्सफोर्स० निर्माण गरिनेछ । १५७। नगर क्षेत्रमा उत्पादन हुने फोहर मैलाको समुचित व्यवस्थापन र लेण्डफिल्ड साईटको स्तर उन्नती गर्नको लागि आवश्यक वजेट विनियोजन गरिनेछ । १५८। नदि कटान तथा ढुवान क्षेत्रको पुनर्उत्थानको लागि तटवन्ध तथा अन्य पूर्वाधार निर्माण कार्यका गर्न आवश्यक वजेट विनियोजन गरिनेछ । १५९। विपद् व्यवस्थापनका आवश्यक सामग्रीहरुको खरिद तथा व्यवस्थापन गरिनेछ । साथै वातावरण संरक्षण र नगरको कार्य प्रभावकारी जेसिवि टेक्टर तथा आवश्यक औजार सामग्रीहरु व्यवस्थापनका लागि बजेट विनियोजन गरिनेछ । १६०। नगरप्रहरीको लागि सूचना तथा संचारको लागि वाकी टकीको व्यवस्था गरिनेछ । १६१। नगर सरसफाई, हरियाली प्रवर्धन र वातावरण संरक्षणमा भएका असल अभ्यासहरुको दस्तवेज लेखन र वृत्तचित्र निर्माण गरिनेछ । १६२। बजार व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र बजार क्षेत्रका नदी तथा खोला, नालाहरुको प्राकृतिक वहावलाई कायम राखी स्वच्छ बनाउन समुदायको सहभागितामा विशेष महत्व दिई कार्यक्रम लागु गरिने छ । १६३। सिक्सलेन सडकको मुख्य चोकहरुमा आगलागी नियन्त्रणका लागि ९ँष्चभ ध्बतभच ज्थमचबलत क्थकतझ० को व्यवस्था गरिनेछ । १६४। न्यायिक समितिका फैसलाहरूको कार्यान्वयन र सोको अनुगमन गरिने छ । गरिब तथा असहाय व्यक्तिहरूको न्यायमा सहज पहुँच पुच्याउन निःशुल्क कानुनी परामर्श तथा सहयोगको व्यवस्था गरिने छ । मेलमिलापको प्रवृत्तिलाई प्रोत्साहन गरी अनावश्यक मुद्दामामिलाहरूलाई निरुत्साहित गरिने छ । न्यायमा स्थानीय जनताको पहुँचलाई सुनिश्चितता गरी छिटो छरितोपना ल्याइने छ । स्थानीय तहबाट उपलब्ध गराइने न्याय सेवामा जनताको सहज पहुँचको व्यवस्था मिलाइने र हिंसा पीडित महिला, अपांगता भएका व्यक्ति, दलित, बालबालिका र ज्येष्ठ नागरिकलाई सहजीकरण गर्न नगरपालिकामा हेल्पडेस्क राखी सेवा दिने व्यवस्था मिलाइने छ । १६५। जनताप्रति जिम्मेवार जवाफदेही र पारदर्शी स्थानीय सरकार सञ्चालनमा प्रतिबद्ध रही कार्य सञ्चालन गरिने र कानुनको शासन र सुशासनलाई बढावा दिइने छ । भ्रष्टाचारमुक्त नगरको घोषणा गरी नैतिक आचरण र सच्चरित्रतालाई आत्मसात गरिने छ सार्वजनिक सम्पत्तिको दुरूपयोग हुन नदिई उचित प्रयोग गरिने छ । पारदर्शिता, नैतिकता र निर्णयमा सहभागिता, जनसहभागिता, योजनाबद्ध कार्यप्रणाली जस्ता सुशासनका अन्तरवस्तुहरूलाई आत्मसात गरिने छ र सर्वसाधारण जनताले अनुभूति गर्ने गरी व्यवहारमा कार्यन्वयन गरिने छ । लेखा प्रणाली, बेरुजु फछ्रयौट जस्ता कार्यहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लेखा समितिको व्यवस्था गरी जिम्मेवारी दिइने छ । १६६। जनतालाई छिटोछरितो सेवा दिनका लागि विद्युतीय शासन प्रणाली लागु गरिने छ साथै नगरपालिकाद्वारा सम्पादन हुने कार्यहरूलाई आधुनिक प्रविधिको प्रयोग गरी एबउभचभिकक बनाइने छ नगरपालिकाबाट उपलब्ध हुने सेवाहरूको एकीकृत व्यवस्था गरी स्मार्टकार्ड मार्फत् उपलब्ध गराउन पहल गरिने छ । नगरका उपयुक्त स्थानमा सूचना प्रविधि केन्द्र स्थापना गर्न पहल गरिने र इगर्भनेन्सलाई प्रभावकारी बनाइने छ । विद्युतीय माध्यममार्फत् विभिन्न सेवा प्राप्त गर्ने सेवाग्राहीहरूलाई समेत सेवा प्रयोगमा सहजीकरण गरी यस पद्धतिमा जोडिने छ । १६७। नगरबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभूत गराउन कर प्रशासनका सर्वमान्य सिद्धान्तका आधारमा हरेक क्षेत्रमा प्रगतिशील कर प्रणाली अवलम्वन गरि करको दर भन्दा दायरालाई प्राथमिकता दिई सोही अनुसार करका नीतिहरु तय गरिनेछ । १६८। राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परिचालनका थप थप स्रोतहरुको पहिचान गरिनेछ । सम्पत्ति करलाई आन्तरिक आयको मूल स्रोतको रुपमा विकास गरिनेछ । स्थानीय तहलाई प्राप्त घर बहाल करलाई थप व्यवस्थित गर्न सम्बन्धित वडा कार्यालयले टोल विकास संस्थाको समन्वयमा लगत तयार गर्ने र स्रोतसाधन सहित घर बहाल कर उठाउने व्यवस्था गरिनेछ । घरबहाल करमा बहुदर प्रणाली लागू गरिनेछ । व्यवसायिक कर तथा घर बहाल कर असुली तथा व्यवस्थापन कार्यमा उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, उद्योग व्यापार संगठनसंग सहकार्य गरिनेछ । १६९। सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई “उत्कृष्ट करदाता” को रुपमा पुरस्कृत गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ । सबै आर्थिक तथा व्यापारिक क्रियाकलापहरुलाई करको दायरामा ल्याई आन्तरिक आम्दानीको दायरालाई अझ फराकिलो बनाईनेछ ।


नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाहरुलाई क्रमशः डिजिटाइजेशन गर्दै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाइनेछ । नगर सरकारका निर्णय प्रक्रिया सरल, सहज र पारदर्शी बनाइनेछ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टी सर्वेक्षण मापन कार्य गरि प्राप्त गुनासोहरुलाई तत्काल सुनुवाई हुने संयन्त्रको व्यवस्था गरिनेछ । १७०। सदाचार प्रवर्द्धन र भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नको लागि भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कानूनको दायरामा ल्याईनेछ । कार्यसम्पादनमा दण्ड( पुरस्कार प्रणाली अवलम्वन गरी राष्ट्र सेवकहरुमा कामप्रति तत्पर हुने, सेवाभाव सहित समयमै काम सम्पन्न गर्ने,उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिनेछ । त्यसका लागि लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग लागत साझेदारी गरी कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासको कार्यक्रमहरु संचालन गरिनेछ । १७१। नगरपालिकाका विषयगत समितिहरुलाई थप उत्तरदायी, क्रियाशील र परिमाणमुखी बनाइनेछ । १७२। पूंजीगत खर्चको गुणस्तर बढाउन “फागुन मसान्त भित्र सम्झौताः जेठ मसान्त भित्र भुक्तानी” को नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ । योजनाहरुको अनुगमन प्रणालीमा स्थानीय सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गरिनेछ । योजनामा लागत साझेदारीलाई निरन्तरता दिदै सीमान्तकृत र पिछडिएको वर्ग, समुदाय एवम् भौगोलिक क्षेत्रमा विशेष सम्बोधन गरिनेछ । लागत साझेदारीका कामहरु गुणस्तरमा विशेष ख्याल राखी सकेसम्म उपभोक्ता समितिमार्फत् गरिनेछ । विकास आयोजनाहरु तोकिएको परिमाण, गुणस्तर, लागत र समयमा सम्पन्न हुनेगरी संयन्त्र निर्माण गराइनेछ । भौतिक पूर्वाधारको गुणस्तरको मापन गर्नको लागि आवश्यक प्राविधिक र यान्त्रिक व्यवस्थापन गरिनेछ । १७३। जनताको सुसूचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्दै सुशासन प्रवर्द्धन गर्न कार्यालयबाट सम्पादित कार्यहरुको सार्वजनिक सुनुवाई,जनतासंग जनप्रतिनिधि, रेडियो कार्यक्रम, सार्वजनिक परीक्षण, चौमासिक सार्वजनिकीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । कार्यविधि निर्माण गरी “ तिलोत्तमा सन्देश” मुखपत्र प्रकाशनलाई थप संस्थागत रुपमा अघि बढाउन आवश्यक स्रोतको व्यवस्थापन गरिनेछ । स्थानीय तथा राष्ट्रिय स्तरको टेलिभिजनमार्फत् नगरपालिकाबाट भैरहेका सेवा प्रवाह तथा विकासको गतिविधिको बारेमा कार्यक्रम प्रसारण गरिनेछ । १७४। सबै वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थालगायतका नगरपालिका मातहतका कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउनको लागि नगरपालिकाको आफ्नै अप्टिकल फाईबर सञ्जाल विस्तार गरिनेछ । नगरपालिका कार्यालयभित्र सूचना केन्द्र स्थापना गरिने र नगरपालिकाको विकास निर्माण, सुशासन, सेवा प्रवाह, सामाजिक सचेतना लगायतका विषयमा कलम चलाउने सञ्चारकर्मी र मिडिया हाउसहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइनेछ । १७५। सेवा प्रवाह मापदण्ड कार्यन्वयन गरी आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाइनेछ । शाखागत रुपमा त्इच् तयार गरी कार्यसम्पादन सम्झौता गरी कर्मचारीहरुका लागि एद्यक्ष्क् प्रणाली लागू गरिनेछ । १७६। डिजिटल नेपाल फ्रेमवर्कलाई स्थानीयकरण गरी कार्यान्वयनमा ल्याइनेछ । १७७। ँष्भि तचबअपष्लन कथकतझ निर्माण गरी सेवाग्राहीको काम स्वचालित रुपमा कार्यान्वयनमा ल्याइनेछ । तिलोत्तमा नगरपालिकाको मोवाइल एप्सलाई थप प्रभावकारी बनाई सेवा ग्राहीले घरमै बसी नगरपालिकाको सिफारिस तथा अन्य सेवाहरु लिन सक्ने व्यवस्था मिलाइनेछ । १७८। महत्वपूर्ण स्थानहरुमा फ्रि वाईफाई व्यवस्था गरिनेछ । १७९। क्उबतष्ब िद्यबकभम आवधिक विकास योजना तयार गरी लागू गरिनेछ । १८०। डिजिटल अर्वान सेक्युरिटी सिस्टमका लागि सि। सि। टी। भी। क्यामेरा जडान गरी प्रयोगमा ल्याउन नेपाल प्रहरीसँग सहकार्य गरिनेछ । १८१। नगरपालिकाले संचालन गरेका खुला पोलिथिनमुक्त नगरपालिका, बालमैत्री नगरपालिकाको दिगो शुनिश्चितता गर्नुका साथै वातावरणमैत्री, लैङ्गिकमैत्री, अपाङ्गमैत्री नगरपालिका बनाउनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ । १८२। नगपालिकाद्धारा संचालित गर्भवतीका लागि पोषण प्रोत्साहन, क्याल्सिम, आइरन वितरणका साथै सबै स्वास्थ्य संस्थाबाट सरकारले निशुल्क उपलब्ध गराउन घोषणा गरेका औषधीहरु नियमित रुपमा उपलब्ध गराइनेछ । १८३। ूजनतासँग मेयरू, ूहाम्रो सपना स्मार्ट तिलोत्तमाू जस्ता रेडियो, , टेलिभिजन, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्वजनिक परीक्षण जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिई पारदर्शिता र जवाफदेहिता कायम गरिनेछ ।


यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरको विकासको आधारशीला खडा हुनेछ, आर्थिक पारदर्शिता र सुशासन कायम हुनेछ । नगरको सेवाको गुणस्तर वृद्धि भई तिलोत्तमा “उत्कृष्ट नगर सरकार” को रुपमा नेपालको मानचित्रमा अंकित हुनेछ । यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट विशिष्ट योगदान प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । अन्त्यमा नगरको विकासमा योगदान पुर्याउनु हुने जनप्रितिनिधिज्यूहरु र राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, निजी क्षेत्र, सहकारी तथा संघ संस्था, नागरिक समाज, बुद्धिजीवी र टोल विकास संस्था, सञ्चारजगत् सुरक्षा निकाय तथा सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । तिलोत्तमा नगर सरकारको तर्फबाट मैले हालसम्म प्राप्त उपलब्धिहरुलाई अझ सुदृढ बनाउदै, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रको समतामूलक विकासका लागि “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने दीर्घकालीन लक्ष्यसहित “समृद्ध नगर स् खुसी नगरबासी” को आकांक्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । यो कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित छ ।

धन्यवाद

राम कृष्ण खाण   

नगर प्रमुख


नीति तथा कार्यक्रम पुरा हेर्न यहाँ क्लिक गरेर हेर्नुहोस !

कमेन्ट गर्नुहोस्