लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बेपत्ता भनिएका कपिलबस्तुका अर्जुन इनारमा भेटिए

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला परेको छ । तिन दिनदेखि हराएका बहादुरगञ्जका हरिनारायण कहाँरको १९ वर्षीय छोरा अर्जुन कहाँरको राम गोरखा मावि नजिकै रहेको इनारमा डुबेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्रराज गिरीले बताउनुभयो । घरबाट तीन दिनदेखि बेपत्ता रहेका अर्जुनको खोजी गर्ने क्रममा स्थानीयले शुक्रबार राति उहाँको शव इनारमा तैरिराखेको अवस्थामा फेला परेको हो ।शनिबार प्रहरीले युवकको शव इनारबाट निकालेर पोस्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा लगिएको वरिष्ठ प्रहरी नायब निरीक्षक गिरीले बताउनुभयो । शवसँगै खल्तीमा रहेको मोबाइल पर्ससमेत बरामद भएको उहाँले बताउनुभयो । गोरखापत्र 


कमेन्ट गर्नुहोस्