लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डेढ महिना बित्दा उठेन अमृताको शव:परिवारद्वारा माइती र अधिकारकर्मी विरुद्ध रिट

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २४ गते २०७९ । करिब २ महिना अघि शंकास्पद मृत्यु भएको भनिएकी तिलोत्तमा नगरपालिका जानकीनगरकी अमृता खत्री टण्डनको अन्त्येष्टि गर्न पाउनु पर्ने भन्दै माइतीपक्ष र अधिकारकर्मी संस्था बिरुद्ध रिट दायर भएको छ। गत चैत्र २९ गते राति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अमृताको झण्डै दुई महिना हुदा पनि अन्तेष्टि हुन सकेको छैन्। अमृतको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।


यता अमृताको घर पक्षले भने आफुहरुको ज्यु ज्यानको असुरक्षा भएको र आफ्नो परिवारको सदस्यको दुःखद मृत्यु हुँदा पनि कुलधर्म संस्कार अनुसार अन्त्येष्टि गर्न अवरोध भएको भन्दै टण्डन परिवारले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका छन्।टण्डन परिवारले ईलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रशासन कार्यालय रुपन्देही मेचिमहाकाली बुहारी अभियान र अमृता को माईति पक्षलाई बिपक्षी बनाएर दायर गरेको रिटमा बिपक्षीहरुले मानवअधिकारको हनन गरेको, अन्तेष्टिमा अवरोध गरेको र आफ्नै घरमा बस्न समेत असुरक्षित भएको उल्लेख गरेका छन्।


मृत्यभए देखिनै आन्दोलनमा उत्रिएको अमृताको माईती पक्षको सहमतीमा मृत्यु भएको ५ दिनका दिन पोष्टमार्टम भएको भएपनि उनको अन्तेष्टि हुन सकेको छैन। अमृतको मृत्यु संकास्पद भन्दै माईति पक्षले श्रीमान प्रेम टण्डन र उनका बुवा टहलसिंह टण्डन र आमा दिपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर दवावका लागि भन्दै सडक आन्दोलनमा उत्रिएका थिए।अमृताको मृत्यु भएसंगै रुपन्देही र यसआसपासका मात्रै नभएर देशका बिभिन्न स्थानका क्रियाशिल रहेका महिला अधिकारकर्मीहरुले न्यायको लागि भन्दै सडक आन्दोलन समेत गरेका थिए। अहिले अमृताको माईती पक्षको आन्दोलन केही मत्थर भएको जस्तो देखिएपनि अन्तेष्टि गर्ने तर्फ चासो नदेखाएकोले पनि दाहसंस्कारमा अन्यौलता बढाएको स्थानीय प्रशासनले जनाएको छ।


माइती पक्षको माग बमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले गरेको र त्यसैका आधारमा जिल्ला अदालतबाट थुनछेक बहस समेत भई अदालतले आदेश गरी सकेको अवस्था भएकोले अन्तेष्टी गर्ने बिषयमा सघाउदा राम्रो हुन्थ्यो ईलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरिक्षक सन्तोष घिमिरेले बताए ।जिल्ला अदालत रुपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाएको भएपनि प्रमाण नपुगेको भन्दै मृतकका सासु दिपा टण्डन र ससुरा टहलसिंह टंण्डन दुवैलाई रिहा गरेपछि माईति पक्षले असन्तुष्टि जनाएका कारण अन्तेष्टी अझै अनिश्चित जस्तै भएको छ।

कमेन्ट गर्नुहोस्