तिलोत्तमा सिटी न्युज, जेष्ठ २३ गते २०७९ । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले ढाक्रे ट्रान्सपोर्टमा तोडफोड गरेका छन्। व्यवसायी समितिले ओमसतिया गाउँपालिका–२ मा रहेको ट्रान्सपोर्टमा तोडफोड गरेका हुन् । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप कार्की, सेक्टर उपाध्यक्ष गणेश घिमिरे, महासचिव हरि कंडेल र सचिव अर्जुन भुसाल लगायत १०/१२ जनाको समूहमा आएको टोलीलेले आफ्नो ट्रान्सपोर्टमा तोडफोड गरेको ट्रान्सपोर्टका प्रोपराइटर रामप्रसाद पन्थीले बताए ।
तोडफोडबाट सिसा, टेलिफोन, कुर्सी र सामानमा क्षति पुगेको प्रोपराइटर पन्थीले जानकारी दिए । उनीहरु राज्यको कानुन भन्दा पनि पश्चिमाञ्चल ट्रक व्यवसायी माथि छ भन्दै ट्रान्सपोर्टमा तोडफोड गरेको उनले बताए । साथै उनीहरुले सोही ठाउँमै रहेको पौडेल ढुवानीका प्रोपाइन्टर गोपाल बहादुर क्षेत्री हातपात समेत गरेका थिए । ‘उहाँहरुले म माथि हातपात गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएर जानु भएको छ ।’–पौडेल ढुवानीका प्रोपराइटर क्षेत्रीले भने । पन्थीका अनुसार आइतबार मात्रै पश्च्मिाञ्चल ट्रक व्यवसायी समिति र उद्योग वाण्ज्यि संघका बीच भैरहवा–काठमाडौँको १० हजार टनको भाडा २८ हजार र विरगंज–काठमाडौँको त्यो भन्दा ३ हजार कम गर्ने सहमति भएको थियो ।
कमेन्ट गर्नुहोस्