लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत,कृषिमा ऋण लगानी २ खर्ब ९० अर्ब

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए ।सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बसेको संसदको बैठकमा अहिले अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।


कृषिमा ऋण लगानी २ खर्ब ९० अर्ब पुग्यो

कृषिमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी २ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म यो रकम कृषि क्षेत्रमा लगानी भएको हो ।जसमध्ये सबैभन्दा धेरै लगानी कषि तथा कृषिजन्य सेवामा छ । यो क्षेत्रमा कुल लगानीको ४३.९ प्रतिशत कजार्न प्रभाव हुँदा पशु पालन क्षेत्रमा ३६.७ प्रतिशत, खेतीपाती सम्बन्धी सेवामा १७.१ प्रतिशत लगानी भएको छ । यस्तै चिया, वन, मत्स्यपालन, र बधशालामा १.४ र १ प्रतिशतका दरले बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।


कमेन्ट गर्नुहोस्