लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिम्बावे 'ए' द्वारा नेपाललाई २१४ रनको लक्ष्य

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । पाहुना टोली जिम्बावे 'ए' ले तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपाललाई जितको लागि २ सय १४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनायो । मैदानमा पानी जमेकाले ढिला सुरुहुँदा खेल ३३ ओभरमा झारिएको छ । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४, सेफासले १६ तथा इनोसेन्ट कियाले १२ रन बनाए  । लुक जोग्वी १९ रनमा आउट भए । नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको  छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो । जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो। यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।


कमेन्ट गर्नुहोस्