लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पशुपन्छीका साथी बन्दै तिलोत्तमाका पशु स्वास्थ्यकर्मी

IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अहिले पशुपन्छीको क्षेत्रमा समेत उल्लेखनिय कार्य गर्दै आएको छ। नगरपालिकाको पशु शाखा जानकीनगरका प्रमुख राजु कुँवरका अनुसार नगरपालिकाले पशु शाखा बाट दिने सेवा हरु गुणस्तरीय रहेको बताएका छन्।  प्रमुख कुँवरका अनुसार सो शाखा बाट पशु पन्छीको रोग तथा उपचार, कृतिम गर्भाधान, गोबर परिक्षण , निशुल्क परिक्षण, दुध परिक्षण लगायत खोपको क्षेत्रमा रेबिज , खोरेत , भ्यागुते , स्वाईन फिबर , कुखुराको रानी खेत,   बाख्रामा पिपिआर भ्याक्सिन समेत दिदै आएको उनको भनाई छ। 


पशु पन्छीको सहज तरिकाले पालन पोषण गर्न त्यस सम्बन्धि ज्ञान र सिपको परामर्श दिने देखि पशु हेरचाह र उपचारको साथमा पशु पन्छिका खानपिनका कुरा लाई समेत पशुपालक हरुमा सहजिकर्ण गर्ने गरिएको प्रमुख कुँवरको भनाई छ। पशु शाखा जानकीनगरबाट मात्रै नभएर तिलोत्तमाको वडा नम्बर-१५ मा समेत यसको उपशाखा संचालित छ। शाखाले प्रदेश संघ र नगरपालिकाको नगर स्तरिय अनुदानको अनुगमन तथा परिचालन गर्नमा कृषक तथा पशुपालकहरुलाई अझै सहज बनाएको छ। शाखामा प्रयाप्त साधन, औजार, मेसिन, औषधी तथा उपकरण हरुको समेत ब्यबस्था भएकोले काम गर्न सहज भएको कुँवरको भनाई छ।


पछिल्लो समय साबिक शंकरनगरभन्दा पशुपालनको क्षेत्र  क्रमश : माथिबाट तलतिर सरेको कारणले गर्दा नगरपालिकाको बीच भागमा सो शाखाको समन्वयात्मक भूमिका हुनु जरुरि रहेको उनको भनाइ छ। सेवाग्राहीको पहुँचको हिसाबले थोरै टाढा भएपनि नगरपालिका भरि प्राबिधिक खटाई वडा वडामा सेवा बिस्तार गरिएको पशु शाखा सेवाका प्रमुख कुँवरको भनाई छ। 


शाखा अन्तर्गत कोटिहवा सेवा केन्द्रमा पशु प्राबिधिक महेश गौतमले  ५ वटा १३ देखि १७ सम्म, पशु प्राबिधिक गोबिन्द खनाल १-७ सम्म, पशु प्राबिधिक त्रिविक्रम न्यौपाने ८- १२ सम्म सहजीकरण गरेका छन् भने त्यसको प्राबिधिक परिचालनमा पशु शाखा प्रमुख राजु कुँवर आफै खटिएका छन्। नगरपालिकामा सेवा ग्राहीलाई सहज हुने गरी अझै प्राबिधिक कम भएको भएपनि सेवा ग्राहिसंगको समन्वय राम्रो रहेको उनको भनाई छ। तिलोत्तमा नगरपालिकामा अहिले पशु सेवा शाखामा कार्यालय सहयोगी सहित ६ जना कार्यरत रहेका छन्। 



कमेन्ट गर्नुहोस्