लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुष्प व्यवसायीसंग सभापति सुमार्गीको अन्तरक्रिया

IMG

२०७८ चैत्र ११, तिलोत्तमा सिटी । ‍ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले रुपन्देहीका पुष्प व्यवसायीसंग अन्तरक्रिया गरेका छन् । तिलोत्तमा मणिग्रामस्थित स्थित लुम्बिनी नर्सरी एण्ड गार्डेनमा बिहीबार आयोजित अन्तरक्रियामा सुमार्गीले कृषिको आधुनिकरण, विविधिकरण र व्यवसायिकरण गरेर मात्रै नेपाल समृद्ध र आत्मनिर्भर बन्न सक्ने बताए ।सुमार्गीले कृषि उद्यम केन्द्रले सय किसान अभियान सुरु गरेको र यसमा हजारौं किसान आवद्ध गराई रोजगारी सिर्जना र उत्पादन बृद्धि गरिने बताए ।


यो अभियान अन्तर्गत ५ बिघा वा सो भन्दा बढी जग्गामा व्यवासायिक खेती गर्ने किसान वा कृषक समूहलाई प्रविधि, तालिम र अनुदान समेत सरकारले दिने सुमार्गीले बताए ।  सभापति सुमार्गीले कृषि उद्यम केन्द्रले पुष्प खेती लगायत कृषि व्यवसायमा आवद्ध किसान र उनीहरुका छोराछोरीलाई कोरियामा सीप सिकाउन निशुल्क रुपमा पठाउने तयारी भइरहेकाले त्यो अवसरको लाभ लिन आग्रह गरे । कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन लुम्बिनीका अध्यक्ष रमेश पाण्डेले पुष्प व्यवसायमा रोजगारी र आम्दानीको प्रचूर सम्भावना भएपनि राज्यको सही नीति र कार्यक्रम नहुंदा किसानहरु आकर्षित हुन नसकेको बताए । उनले कृषकको लागिसरकारले प्रविधि, सहुलियत ऋण, सीपमूलक तालिम प्रदान गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्