लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्रालयले दियो रासायनिक मल खरिद गर्न पौने १३ अर्बको स्वीकृति

IMG
चैत्र ३ गते २०७८,तिलोत्तमा सिटी। आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न अर्थमन्त्रालयले पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ ।करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयले गरेको प्रस्तावमा स्वीकृति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।मल आयातको अग्रिम सुनिश्चितताका लागि आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चितताको पत्र आएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।‘बजेटपछि मल आयातको प्रक्रिया थाल्दा ढिलाइ हुने भएपछि अहिल्यै टेन्डर गर्नेगरी उक्त रकम सुनिश्चित भएको छ, कृषि सामग्री र साल्टट्रेडिङले टेन्डरको सूचना पनि निकाली सकेका छन्’ प्रवक्ता सञ्जेलले भने ।कृषि सामग्रीलाई ७० र साल्टलाई ३० प्रतिशत खरिद अनुमति दिने सम्झौता अनुसार ७५ हजार मेट्रिकटन मल आयातको ठेक्का सूचना निकालिएको उनले बताए ।    

कमेन्ट गर्नुहोस्