लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति

IMG

 २०७८ फागुन २९ , तिलोत्तमा सिटी  ।   युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ ।अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए ।


डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ । त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ । ‘लाखौं मानिसहरु..सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको   नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन् ।२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ ।


कमेन्ट गर्नुहोस्