लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

IMG

२०७८ फागुन २३ , तिलोत्तमा सिटी । नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने २ अर्ब ६० करोडमै रोकिएको छ । दिनभर भएका ४० हजार १३० कारोबारबाट ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा रोकिएको छ ।बजार झिनो अंकले बढ्दा सबैभन्दा धेरै बढ्नेमा बुद्धभूमी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सबसेयर मूल्य ३९.१ रुपैयाँले बढेर प्रतिकित्ता ७०३ रुपैयाँ पुगेको छ । धेरै बढ्ने दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) बिएनटी देखिएको छ । बिएनटीको सेयर मूल्य ७१९ रुपैयाँले बढेर १३ हजार ८५० पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्