लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय झण्डाबिना खेल्न रुसलाई फिफाको निर्देशन

IMG

 २०७८ फागुन १६ , तिलोत्तमा सिटी  ।  अन्तर्राष्ट्रिय फुटबल खेल्दा अब रुसले राष्ट्रको नाम प्रयोग गर्न नपाउने भएको छ । रुसलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।रुसले अब कुनै अन्तर्राष्ट्रिय फूटबल खेल्दा रुसको सट्टा फुटबल युनियन अफ रुसको नामबाट खेल्नुपर्ने फिफाले निर्देशन दिएको हो ।पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि यसको असर विश्व खेलकुदमा समेत देखिन थालेको छ ।त्यसमा पनि फुटबलमा धेरै असर देखिएको छ । अब कुनै पनि फुटबल प्रतियोगिता तत्काल रुसमा हुने छैन । यस्तै रुसले आफ्नो घरेलु खेलसमेत दर्शकबिना न्युट्रल भेन्युमा खेल्नुपर्ने फिफाले जनाएको छ ।सेन्ट पिटर्सवर्गमा तय भएको युरोपियन च्याम्पियन्स फाइनल खेल पनि  फ्रान्सको पेरिसमा सारिएको छ ।

कमेन्ट गर्नुहोस्