लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घट्यो

IMG

 २०७८ फागुन १२ तिलोत्तमा सिटी।नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ ।दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ । फाइनान्स कम्प्नीहरुको सब इन्डेक्स ३ प्रतिशत भन्दा धेरैले घटेको छ । उता धेरै बढ्नेमा भने हिमालयन जनरल इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । बजार पुरै घट्दा पनि यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।




कमेन्ट गर्नुहोस्