लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सञ्चारिका रुपन्देहीको अध्यक्षमा पुनः गौतम,५ लाखको कोष स्थापना गर्ने लक्ष्य

IMG

२०७८ मङ्सिर १३,तिलोत्तमा सिटी। सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुनः निरु गौतम (निरा)चयन भएकी छन् । तिलोत्तमामा मँगलबार सम्पन्न समूहको छैटौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष बनाएको हो ।समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेका छन् । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी गराइन् ।


नवनिर्वाचित समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ खुलाएकी छन् । सो अवसरमा शुभकामना व्यक्त गर्दै पाण्डेले सञ्चारिकाको नामलाई थप उचो बनाउने गरी काम गर्न निर्वाचिन समितिहरुलाई आग्रह गरिन् । अध्यक्ष भएपछि प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गौतमले सञ्चारिकका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्