लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ढिलो चाडो एकता गरेर जानुपर्ने अवस्था छ-डा.भट्टराई

IMG

२०७८ मङ्सिर १२,तिलोत्तमा सिटी। जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिरहेको गठबन्धन दल नेपाली काँग्रेसबाट रुपान्तरणको अपेक्षा गर्न नसकिने बताएका छन्।बर्तमान गठबन्धन सरकारको नेतृत्व नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवाले गर्नु भएको छ देउवा बाट मुलुकको रुपान्तरणको अपेक्षा गर्न सकिदैन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सत्ता साझेदार दलका नेता समेत रहेका भटराईले भने।भटराईले आफ्नो पार्टी प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीसँग एकताको पक्षमा रहेको बताउदै मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको र त्यसका लागि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा समाजवादीसँग पार्टी एकता गरेर जानु पर्ने अवस्था आएको बताए।


मुलुकको रुपान्तरणका लागि बैकल्पिक सक्तिको खांचो छ बर्तमान गठबन्धन सरकार बाट हुदैन त्यसैले प्रचण्ड जी र माधव जी संग ढिलो चाडो एकता गरेर जानुपर्ने अवस्था छ त्यसका लागि तत्काल सम्भव नभए गठबन्धन गरेरै भएपनि अघि बढ्नुपर्ने हुन्छ उनले भने।भट्टराईले हाल देश गम्भीर संकटमा रहेको उल्लेख गर्दै उनले मुलुकमा राष्ट्रिय एकताको खाँचो रहेको बताउदै पछिल्लो समय विभिन्न दलहरुमा नेतृत्व चयनमा देखिएको गतिविधि तथा सर्वोच्च अदालतमा देखिएको हर्कतले मुलुक प्रतिगमनतिर गएको बुझ्न सकिने उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्