लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकतर्फी रुपमा खुल्याे नारायणघाट-मुग्लिन सडक खण्ड

tillotmacitynews - 2021 Aug 28 04:30 AM
IMG

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। नारायणघाट-मुग्लिन सडक खण्डमा अहिले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका छन् । यो सडक खण्डमा पर्ने १७ किलोमा गएराति सडक भासिएकाले एकतर्फी मात्रै गाडी चलिरहेकाे प्रहरीले जनाएको छ । सडक भासिएको ठाउँभन्दा माथिबाट  सानो  सडकमार्फत अहिले गाडी गुडिरहेका छन् । एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम छ ।बर्खाको समयमा यो सडक खण्डमा बेलाबेला सडक भासिने र पहिरो जाने समस्याका कारण यात्रु समस्यामा पर्ने गरेका छन् ।


अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो र बर्दघाटमा नदीले कटान गरेका कारण त्यहाँ हिजोदेखि नै गाडी चलेका छैनन् ।यस्तै कर्णाली राजमार्ग अन्तर्गत  चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ चिसापानीमा पहिरो खस्दा यी आसपासका क्षेत्रमा पनि गाडी नचलेका प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्