लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबै पत्रकारको दुर्घटना बिमा सम्पन्न :नेपाल पत्रकार महासंघ रुपन्देही

tillotmacitynews - 2021 Aug 18 06:09 PM
IMG

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको छ । सामुहिक दुर्घटना बिमालेख योजना अनुसार महासंघ रुपन्देहीमा आवद्ध सदस्यहरुको एक लाख रुपैंया बराबरको दुर्घटना बिमा गरिदिएको हो ।महासंघ रुपन्देहीले एक वर्षको जोखिम बहन गर्नेगरी शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा मार्फत बिमा गरिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । समाचार संकलनमा अहोरात्र खटिने पत्रकारहरु दुर्घटनाको उच्च जोखिममा हुने भएकाले दुर्घटनाको जोखिम बहन गर्नेगरी बिमा गरिएको उहाँले बताउनु भयो ।


दुर्घटनाको जोखिम बहन गर्ने गरि बिमा भएको बताउँदै शिखर ईन्स्योरेन्स कम्पनी भैरहवा शाखाका बजार व्यबस्थापक बिकास गौतमले भन्नुभयो–‘हामी चाहन्छौं दुर्घटना नहोस, दुर्घटना भईहाल्यो भने बिमालेख अनुसारको भुक्तानी सहज रुपमा गर्नेछौं ।

कमेन्ट गर्नुहोस्