लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६७ वर्ष पुगे एक्सन स्टार शिव, दमदार एक्सन फिल्म प्रेमगीत ३ आउनै बाँकी

IMG

असार ६ गते आईतबार २०७८ तिलोत्तमा सिटी।अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दिएका छन् । ४० वर्ष नेपाली फिल्म अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पाकिस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी चलचित्र अभिनय गरेका छन् ।


स्वदेशी मात्र होइन विदेशी चलचित्रमा पनि उनले प्रायः एक्सन भूमिका नै निर्वाह गरेका थिए ।श्रेष्ठ अभिनित अहिलेसम्मको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ हो, जुन २ बर्ष अघि बनेको भएपनि कोरोना महामारीका कारण आउन बाँकी छ। प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले २ सय वर्ष अगाडिको मनाङका एक राजाको भूमिका निर्वाह गरेका छन् । गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ शिव श्रेष्ठ आफैले निर्माण गरेका थिए ।


पोसाक

श्रेष्ठ बार अनुसार पहिरन लगाउने अभिनेता हुन् । हप्ताको ७ बारमा ७ थरीका पोसाक लगाउँछन् उनी । ‘हामी भगवान मान्छौँ । दिनअनुसार भगवान पनि फरक फरक हुन्छन् । त्यसैले सबै भगवान मान्न म हरेक दिन फरक पोसाक लगाउँछु ’ उनले भन्ने गरेका छन् ।प्राय क्याजुलअल ड्रेस प्रयोग गर्ने श्रेष्ठको धेरै मनपर्ने पहिरन राष्ट्रिय पोसाक दौरासुरुवाल हो । तर उनी जिन्स पाइट, टिसर्ट, सर्ट पाइन्ट धेरै प्रयोग गर्दछन् ।


स्पोर्टस् म्यान

अभिनेता श्रेष्ठ स्पोर्टस् म्यान पनि हुन् । स्पोर्टसमा पनि अलराउन्डर थिए । सबै खेल खेल्थे । भलिबल, फुटबललगायत खेल पहिले धेरै खेल्थेँ । कुस्तीमा राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेका छन् । विराटनगरमा हुँदा एक पटक त गोरखपुरको पहलमानसँग पनि कुस्ती भिडेका थिएँ । काठमाडौँको आरसीटी क्लबबाट समेत फुटबल खेल्थेँ ।


सपना

धेरै पहिलेदेखि कला क्षेत्रमा रहेका उनको नयाँ र राम्रा फिल्म अभिनय जीवनको अन्तिम क्षणसम्म गर्ने सपना छ । चलचित्र क्षेत्र समृद्ध भएको हेर्ने सपना पनि छ । 

कमेन्ट गर्नुहोस्