लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा पिपरहियाका १० भन्दा बढी घर डुबानमा

IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १७ को पिपरहिया स्थित एक गाउ डुबानमा परेको छ। आकाश बाट आएको पानी र विभिन्न खोला नाला तथा घोलामा बढी भएको पानी जाने ठाउ नभए पछि सो गाउँ डुबानमा परेको स्थानियले बताउछन। स्थानिय प्रदिप गैरेका अनुसार अघिल्लो बर्षपनि यस्तै समस्या भएपछी उनि लगायत गाउका स्थानिय वडामा सम्पर्क राखेको तर समस्या ज्यु का त्यहि रहेकोमा दु:खी बनेका छन्। बाढिले घर ,आगन, पुल पुलेसा डुबान भएपछी स्थानिय घर भित्रको भित्रै भएका छन् भने बाहिर खोला नै बगेको छ। 


यो समस्या पानी सुकेर जादा समाधान हुने भन्दै जनप्रतिनिधिले टारेको स्थानिय प्रदिप गैरेको भनाइ छ। अहिले बर्खामा यी र यस्ता समस्या अघिल्लो बर्ष पनि  तिलोत्तामाका विभिन्न स्थानमा भएका थिए। सो समयमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे लगायतका जनप्रतिनिधि त्यस्ता स्थानमा सहयोग र ब्यबस्थापनका लागि जुट्केका थिए।  अहिले तिनाउ दानव र रोहिणी नदीको बहाव अहिलेसम्मकै उच्च रहेकोले सतर्क रहन नगर बासीहरुमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले आग्रह समते गरेका छन्।


त्यसो त नगरपालिकाका नगर प्रहरी लगायत जनप्रतिनिधिहरु त्यस्ता क्षेत्रको ब्यबस्थापन , क्षति र सहयोगका लागि गाउँ गाउँमा पुगिरहेको नगरप्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए। कुनै पनि जोखिम भएमा नगरप्रहरीको हटलाइन ९८४७३१८१९९ मा फोन गर्न समेत इन्चार्ज श्रेष्ठले आग्रह गरेका छन्।  



कमेन्ट गर्नुहोस्