लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्सेले बनायाे नयाँ रेकर्ड : होटल र लघुवित्त घट्यो

IMG

जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। साताको पहिलो दिन सेयर बजारमा नयाँ इतिहास कायम भयो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो । सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ ।मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका


कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ ।लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।सबेभन्दा धेरै विकास बैंक ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।

कमेन्ट गर्नुहोस्