लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रामजीले देखाए समसामयिक शहरको कथा "यु आर विथ रामजी"

IMG

जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी।पोहोर सालको लकडाउनमा निकै चर्चित डकुमेन्ट्री तथा शर्ट फिल्म बनाएर ख्याति कमाएका पत्रकार तथा निर्देशक रामजी ज्ञवाली यो साल पनि एकाएक ब्यस्त बनेका छन्। यो बेला उनले समसामयिक बिषयमा तयार पारेको सिरिज यु आर विथ रामजी लिएर आफ्नो युट्युब पेज "द सेलिब्रेटी टाइम्स" मार्फत दर्शक माझ आएका छन्। पहिलो एपिसोडमै निकै चर्चा कमाएका उनले यो सिरिजको पहिलो भागमै आफ्नै अभिनयमा एक सहाराहीन बेरोजगार युवाको भूमिकामा न्याय गरेका छन्। आफ्नो बिशुद्ध क्षेत्र पत्रकारिता भएपनि रामजी निर्देशनमा झैँ अभिनयमा समेत पोख्त देखिएका छन्।




उनले अहिले कोरोनाको कारण आफ्नो परिवार र आफ्नै जीबनयापन गर्न धौ धौ भएका शहरमा जागिर गुमाएका युवाको कथा चित्रण गरेका छन्।  एउटा प्रश्नोत्तरबाट शुरु भएको सो अभ्नायात्मक दृश्य शृंखलामा रामजिको दु:ख जो कोहि युवाले आफ्नै सम्झेर हेरेको र महसुस गरेको पाइन्छ। राम्रो इण्टरटेन्मेण्टको ब्यानरमा अशोक थापाले छायांकन तथा सम्पादन गरेको सो भिडियो जम्मा ११ मिनेटको छ।


कार्यकारी निर्देशक दुर्गा प्रसाद ज्ञवाली, क्रियटिभ निर्देशक तिलक पाण्डे रहेको सो भिडियोमा सल्लाहकारको रुपमा आनन्द शर्मा रहेका छन् भने रामजी , दुर्गा ,अशोक र तिलकसंगै किशोर गौतम, प्रेम भुर्तेल , हरि क्षेत्रि यसका निर्माता हुन। भिडियोको सम्पूर्ण निर्देशन भने रामजी ज्ञवाली आफैले गरेका छन्।  देशमा रोगको महामारी संगै जनताले भोग्नुपरेको समस्यालाई टपक्क टिपेर सो भिडियो निर्माण गरेका उनले सरकार प्रति दु:खी जनताको व्यंग्य स्वरुप यो भिडियो सार्बजनिक गरेको बताएका छन्। 

कमेन्ट गर्नुहोस्