लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गोर्खा ब्याइजलाई भोजपुर गोल्ड कप फुटबलको उपाधि

IMG

तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। रुपन्देहीको गोर्खा ब्याईज एफसीले सिजनको पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको छ । शनिबार सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ को उपाधि रुपन्देहीको गोर्खा ब्याइज एफसीले चुमेको हो । फाईनल खेलमा अफ्रिकन रुट एसोसियन क्यामरुनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै गोर्खा ब्याईज नगद ५ लाख, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता अफ्रिकन रुट एसोसियन क्यामरुन नगद ३ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।


भोजपुरस्थित टुडिखेलमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको थप गरिएको समयमा गोर्खा ब्याइजका पेपेले विजयी गोल गरे । प्रतियोगिता उनि प्लेयर अफ दी टुनामेन्ट घोषित हुदै पुरस्कृत भए । फाईनल खेलमा गोर्खा ब्याईजका गौरब श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि गोर्खा ब्याइजकै मनोज श्रेष्ठ बेष्ट डिफेन्ट, अरुण लामा बेष्ट गोलकिपर, दयाराम सापकोटा बेष्ट कोचबाट पुरस्कृत भए । अफ्रिकन रुटका एन रोनाल्डो बेष्ट मिड फिल्डर घोषित हुदै पुरस्कृत भए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कृत बितरण गरेका थिए । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए । 


कमेन्ट गर्नुहोस्