लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बैदेशिक रोजगारबाट फर्केकालाई तिलोत्तमाले दिने स्वरोजगार

IMG

तिलोत्तमा २०७८ बैशाख ६ गते। कोरोना संक्रमणको कारण वैदेशिक रोजगारमा रहेका नेपालीहरू रोजगारी गुमाएर घर फर्किने क्रम सुरु भएको छ । यसरी फर्किएकालाई के रोजगारी दिने भन्ने चुनौती छ । संघ, प्रदेश र स्थानीय तहले नै योजना बनाइरहेका छन् । त्यहि शिलशिलामा विदेशबाट फर्केकालाई स्वरोजगारी बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरू फर्केर आएपछि के गर्ने भन्ने अन्योल टारेको छ । तिलोत्तमा नगरपालिकाले कोभिड्का कारण बैदेशिक रोजगार गुमाउन पुगेका युवालाई सिप मुलक तालिम ,  ब्यबसाय र उद्योगका लागि सहजीकरण गर्ने गरि स्वरोजगार लक्षित कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए।  


नगरपालिकाले विदेशिएका नागरिकहरूको विवरण संकलन गरेकोले ६० प्रतिशत जनता विदेशबाट तिलोत्तमामा फर्केपछि कृषि, पशुपालन व्यवसायमा संलग्न हुने भएकोले सोही अवस्थालाई मध्यनजर गरी नगरपालिकाले हाल उद्धमशिलता विकास तालिम,बैंक लोन सहजीकरण, सिप विकास तालिम, ब्यापार बजारीकरण तालिम,ब्यबसाय शुरु पश्चात व्यापारमा प्रबर्धनमा सहयोग गर्ने गरि आबेदन खुलाएको छ। आगामी वर्षको बजेट बनाउँदा कृषि, पशुपालन र स्वरोजगारमा केन्द्रित गरी बजेट बनाउने गरी नीति नियम तथा निर्देशिका बनाउन नगरपालिका जुटेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले बताए । परम्परागत कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिक बनाउन कृषकको लागि उत्पादनमा आधारित मल, बीउ बिउजन, प्राविधिक सहयोग तथा उत्पादनको बिक्री वितरणसम्मको सहयोग नगरपालिकाले गर्ने र उत्पादित कृषिजन्य उत्पादनको बजारीकरणका लागि सधै तयार रहेको पौडेलले बताउनुभयो। 


कमेन्ट गर्नुहोस्