लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजालाई

IMG

२०७७ चैत २३ गते  तिलोत्तमा ।  जिल्ला स्तरीय अन्तर बिद्यालय एकल लोक नृत्य प्रतियोगिताको उपाधी लिजा मगरले उचालेकी छन् । साधना सस्कृतिक कला केन्द्रको आयोजना तथा नत्यकर्मी सघं नेपाल रुपन्देहीको सह आयोजनामा भएको प्रतियोगिताको बिमला पचभैया दृतिय, गङा राना तृतिय र सन्तवना स्वीकृति कौशल भएको कार्यक्रम संयोजक प्रियंका थापाले जानकारी दिईन् ।शनिबार तिलोत्तममा १० जना फाईनलिस्टको ग्राण्ड फिनालि भएको हो । रुपन्देहीका बिभिन्न बिद्यालयमा भएका अडिसनबाट छानिएका ४८ जना बिभिन्न चरणमा गरि टप टेन फाईनलिस्ट आएका हुन् ।


प्रतियोगितामा बिजेता बनेकी लिजाले १० हजार, प्रमाणपत्र तथा मायाको चिनो, द्धितिय बिमला पचभैयाले ७ हजार, तृतिय गंगा रानाले ५ हजार र सान्त्वना स्वीकृति कौशलले ३ हजार पुरस्कार प्राप्त गरेको साधना सस्कृतिक कला केन्द्रका अध्यक्ष अनु रजकले जानकारी दिए । फागुन २८ गतेबाट शुरु भएको कार्यक्रमको निर्णयकमा नारायण थापा, सुन्दर गुरुङ र गिता थापा घिमिरे रहेका थिए ।फाईनल कार्यक्रममा प्याव्सन लुम्बिनी प्रदेशका सचिव लालहरी पाण्डे, बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई, अक्सफोर्ड माविका प्रीन्सीपल दिनेश भुषाल, लगायतले बोलेका थिए ।कार्यक्रममा उत्कृष्ट नगरपालिका भएको भन्दै केन्द्रका कलाकारले नगरपालिकाको कार्यालयको नमुना बनाएर नगरप्रमुख बासुदेब घिमिरेलाई प्रदान गरेका थिए । साथै कार्यक्रममा पत्रकारिता क्षेत्रबाट केन्द्रलाई सहयोग गरेको भन्दै कपिल ज्ञवालीलाई समेत सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्