लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुरु भयो दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता

IMG

२०७७ फाल्गुन १२ तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले ब्यानरसहितको बेलुन उडाएर उद्घाटन गरे ।‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, सबैका लागि खेलकूद’–भन्ने मूल नारासहित जारीप्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई स्वच्छ र स्वस्थ प्रतिपर्धाका लागि आग्रह गरे ।


तिलोत्तमा नगरको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । तिलोत्तमा नगरको आयोजनामा सो रनिङ शिल्ड छनोट प्रतियोगिता भएको हो । तिलोत्तमा–४ मा अवस्थित स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयहरुले १७ विधाका लागि प्रस्तिपर्धा गर्दै छन् ।


प्रतियोगिता अन्तरगत पहिलो दिन १५ सय मिटर दौड, छात्रा तथा छात्रा भलिबल, तेक्वान्दो, सटपुट, कबड्डी लगायतका इभेन्टहरुमा प्रतिस्पर्धा हुने छ । आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा विभिन्न विधागत प्रतिस्पर्धामा पहिलो हुने प्रतियोगिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुने छन् ।

कमेन्ट गर्नुहोस्