लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार असफल भो,तीनबर्षमा सिन्को भांच्न सकेन :महामन्त्री कोईराला

IMG

पुस १,२०७७ तिलोत्तमा। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा.शंशाङ्क कोईरालाले दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न नसकेको ओरोप लगाउँनु भएको छ  ।सरकार बनेको साढे तिन वर्ष वितिसक्दा कुनै नँया योजना ल्याउँन नसकेको उँहाको भनाई छ । रुपन्देहीको तिलोत्तमामा नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाअधिवेशनलाई उद्घाटन गर्दै उँहाले नेकपाको सरकारसँग नँया योजना ल्याउने सपना नै नभएको बताउँनुभयो ।सरकार बनेको ३ वर्ष वित्यो अहिलेसम्म कुनै नँया प्रोजक्ट आउन नसकेको उँहाले बताउँदै सरकारसँग नँया भिजिन नै नभएको काईरालाले आरोप लागउँनुभयो ।


कांग्रेस पहिलो पटक सरकारमा आउँदा देशमा ७ हजार किलोमिटर मात्र सडक रहेको र अहिले देशमा १ लाख किलोमिटर भन्दा बढि सडक कांग्रेसले योजना ल्याएर बनेको दाबी गर्नुभयो ।देशमा ठुला परिवर्तन र विकासका ठुला योजना कांग्रसले ल्याएको कोईरालाको दाबी छ ।  युवालाई सक्षम बनाउन सकेमात्र देशको विकास हुने उँहाको भनाई छ ।सरकारले युवालाई सक्षम बनाउँनको लागि कृषि कार्यक्रमलाई जोड दिनु पर्ने बताउनुभयो । हाधिवेसनमा देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो  महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।


जेसीजको राष्ट्रिय अध्यक्षको लागि चितवनका अरुणेश्वर खनाल, दाङका लालमणी भण्डारी र नुवाकोटका रविन पोखरेलबीच प्रतिस्प्रधा हुने छ । त्यसै गरी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, राष्ट्रिय उपाध्यक्ष लगायतको कार्यसमिति सदस्यको लागि निर्वाचन हुने छ। मतदान कार्यक्रम भने पर्सि शुक्रबार हुने छ। 

कमेन्ट गर्नुहोस्