लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हैदरावादले दिल्लीलाई ८८ रनले हरायो

IMG

१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ ।

मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो ।दिल्लीका लागि ऋषभ पन्तले दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले नटआउट २० रन बनाए ।


हैदरावादका लागि राशिद खानले चार ओभरमा केबल सात रन दिएर तीन विकेट लिए । सन्दीप शर्मा र टी नटराजनले २–२ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१९ रन बनाएको थियो । ४५ बलमा ८७ रन बनाएका ऋद्धिमान साह म्यान अफ द म्याच भए । डेभिड वार्नरले ६६ रन बनाए । मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे ।यो पाँचौ जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । दिल्लीको पाँचौ हार हो । दिल्लीले लगातार तीन खेलमा जित निकाल्न सकेन । दिल्ली अंक तालिकामा तेस्रो नम्बरमा छ भने हैदरावाद छटौं नम्बरमा छ ।

कमेन्ट गर्नुहोस्