लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वाह ! दुलही बन्यो रानीपोखरी

tillotmacitynews - 2020 Sep 19 09:12 PM
IMG

३ असोज, काठमाडौ. । भूकम्पपछि पुर्ननिर्माणको लागि सुकाइएको रानीपोखरीमा करिब ५ वर्षपछि फेरि पानी भरिएको छ । एक समय कुरुप चौरमा परिणत भइसकेको रानी पोखरी फेरि लोभलाग्दो देखिएको छ ।पोखरीको पानी जम्ने सतहसँगै वरिपरि पर्खाल परम्परागत शैलीमा बनाएर २ दिनदेखि केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले यसमा करिब पौने ३ करोड लिटर पानी भरिसक्यो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार भोलि साँझसम्म रानीपोखरीमा पानी पुरै भरिनेछ । भर्नका निम्ति करिब ३ करोड लिटर पानी हाल्नुपर्ने अनुमान छ ।पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको छ ।


मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम मात्रै बाँकी छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोजिएपनि सम्पदा अभियान्ताको विरोधले रोकिएको थियो ।२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले यसको पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । त्यसपछि काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिए ।



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरतत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो ।पानी कसरी भर्ने भन्ने अन्योलका बीच केयूकेएलले नै रानीपोखरी भर्ने पानी उपलब्ध गरायो, अब भोलि साँझसम्म रानीपोखरीमा टनाटन पानी भरिनेछ । र, संकटमा परिसकेको एउटा सम्पदाले पुर्नजीवन पनि पाउनेछ ।

कमेन्ट गर्नुहोस्