
जिल्ला खेलकुद बिकाश समिति रुपन्देहीको रोहबरमा निर्माण भएको देबिनगर लन टेनिस निर्माण सम्पन्न भैसके पनि भुक्तानी नपाएको भन्दै निर्माण ब्यबसायीहरु आन्दोलनमा उत्रिएका छन्। निबर्तमान अध्यक्ष अशोक गुरुङको अध्यक्षतामा सम्पन्न भएको सम्झौता र निर्माण कार्य सम्पन्न गरेको ३ बर्ष बित्दा पनि पटक पटक ताकेता र निबेदन समेत दिदा भुक्तानी नपाएपछी ब्यबसायी भुक्तानीको लागि आन्दोलनमा उत्रिएका हुन्। ब्यबसायी मध्यका एक सहारा इन्जिनियरिंगका सन्तोष कुवरले निर्माण समिति र नया चयन भएको कार्यसमितिले पैसा माग्दा विभिन्न आलटाल गरेकाले यो कदम चल्न बाध्य भएको बताएका छन्।
निर्माण कार्य छानबिन समितिका संयोजक अनुपमान सैजुको अध्यक्षता र उपभोक्ता समितिका अध्यक्ष केशव बहादुर थापाको सहभागितामा सो मैदान बनाउन ठेकेदार रमेश शाहीसंग १ करोड १२ लाख ८४ हजारको सम्झौता भएको थियो। जसमध्य ९६ लाख २५ हजारमै निर्माण कार्य सम्पन्न गरिएपनि निर्माण ब्यबसायीहरुलाई अझै १७ लाख २२ हजार रकम भुक्तानी दिन बाकि रहेको निबर्तमान अध्यक्ष अशोक गुरुङले बताउनुभयो। भुक्तानी माग्न जादा पहिलाकै अध्यक्षसंग समन्वय गर्नु भनि आलटाल गरि भुक्तानीमा बाधा पुर्याएको भन्दै अर्का ब्यबसायी राजकुमार भट्टराईले बताए। नया कार्यसमितिलाई सम्पूर्ण जिम्मेबारी र खर्च आम्दानि समेत हस्तान्तरण गरेर तिर्न बाकि भुक्तानी दिने निर्णय समेत भएकोले आफु यसको जिम्मेबार नभएको निबर्तमान अध्यक्ष अशोक गुरुङले बताउनुभयो।
बिभिन्न रास्ट्रीय प्रतियोगिता समेत भैसकेको यस लन टेनिस मैदान सामाजिक सस्था र आफैमा एउटा गौरवको कुरा भएकाले पनि आफुहरुलाई पहिलेको दिनमा खासै मिडिया माझ आउन मन नलागेको अर्का ब्यबसायी सन्दिप भट्टराईले बताउनुभयो। उहाले १० दिनको अल्टिमेटम दिदै समयभित्र भुक्तानी नभए अझ ससक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो। मैदान परिसरमा ताला लगाउदै ब्यबसायी राजकुमार भट्टराईले समयसीमा भित्र भुक्तानी नगरिए अझ ससक्त आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउनु भयो। यसबारेमा हामीले निर्माण समितिका संयोजक केशव बहादुर थापालाई सम्पर्क गर्दा आफुहरु निर्माण समितिमा रही निर्माण कार्य गराएको र सम्पन्न भएपछी सबै हिसाब किताब खेलकुद बिकाश समितिलाई बुझाएको कुरा बताउनुभयो। उहाले बुझाउन बाकि रकम समेत निर्माण समिति मार्फत हिसाबमा बुझाएको बताउनुभएको छ।
त्यस्तै हालका देवीनगर लन टेनिस समितिका अध्यक्ष संजय कुमार श्रेष्ठले खेलकुद बिकाश समितिले कार्यसमितिलाई कुनै पनि संलग्नता नगराई आफ्नो ढंगले निर्माण समितिलाई कार्य सुम्पेर सम्पन्न लिइएकोले आफुहरु त्यो कुरामा अनविज्ञ भएको बताउनुभयो। उहाले यो बाकि रकम हामीसंग माग्ने होइन कि खेलकुद निर्माण समिति मार्फत खेलकुद बिकाश समितिसंग माग्नुपर्ने बताउनुभयो। बरु यो साझा सम्पत्ति भएकाले यसको भुक्तानीका लागि निर्माण ब्यबसायीसंग मिलेर प्रक्रियामा सहयोग गर्नसक्ने बताउनुभयो।
यसबारे जिल्ला खेलकुद बिकाश समितिमा बुझ्दा कार्यसम्पन्न भैसकेपछि बिल अनुसारको भुक्तानी भैसकेको र बाकि रकम बारे आफुलाई थाहा नभएको बताएका देवीनगर लन टेनिसका अध्यक्ष संजय कुमार श्रेष्ठले बताए। निर्माण ब्यबसायी भने आफुहरुलाई भुक्तानी नभए आफ्ना समान उक्काएर लैजाने समेत चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्