
रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ६ प ४२०७ नं.को मोटरसाइकलले सोहि स्थानमा बस्ने पैदल यात्री सोमनी कुमाल र उहाको पति चिनक कुमाललाई ठक्कर दिदाँ घाईते भएका छन्।
घाइते दुबैको क्रिमसन अस्पताल मणिग्राममा उपचार भई रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा ९ शंकरपुर बस्ने सवन कुमार हिताङ र निजको साधन प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय.मंगलापुरले जनाएको छ। घटना के कसरि भयो भन्ने बारेमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्