लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

“चलचित्र काँडाको” बाटोमा कोरीयोग्राफि गर्दै कोमल

IMG

विविशा फिल्मश्को ब्यानरमा निर्माणहुन लागिरहेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो”मा समावेश गरीने तीन वटा गितहरुमा कोरीयोग्राफि कोीयोग्राफर कोमल पाण्डेले गर्नुहुने भएको छ ।नेपालकै बिगेष्ट रीयालिटि डान्सिङ्ग रियालिटि शो डान्स आइकन नेपालको जज  समेत रहनुभएकी ब्युटि क्विन कोमल पाण्डे लाइ “काँडाको बाटो”मा कोरीयोग्राफरका लागि सहमति भएको निर्माता बिष्णु कुमार देवकोटाले बताउनु भयो ।


रुपन्देही क्षेत्रलाई कर्मथलो बनाउनुभएकि कोमल पाण्डे वेली डान्समा पोख्त हुनुहुन्छ । विभिन्न् स्टेज परफरमेन्स, म्युजिक भिडियोहरु, सर्टमुभिमा भरपुर अनुभव संगाल्नुभएकि ब्युटि क्विन पाण्डेले जनचेतनामूलक चलचित्रमा कामगर्नपाउँदा खुसि लागेको प्रतिकृया व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्