लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना भाइरस नेपालः एक हजारभन्दा बढी सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

IMG

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,०६९ जनामा देखिएको र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४०,५९९ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।मङ्गलवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको बताए।यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ।


अहिले चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।ती जिल्लाहरूमा काठमाण्डू, रौतहट, सर्लाही र मोरङ रहेका छन्।त्यस्तै अन्य आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।ती जिल्लाहरूमा सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, चितवन, ललितपुर र रूपन्देही हुन्


काठमाण्डूमा मात्रै ३९३ जना

मङ्गलवार काठमाण्डू जिल्लामा सर्वाधिक ३९३ सङ्क्रमित फेला परेका हुन्।ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।उनका अनुसार अहिले देशभरि १८,११२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,८३२ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,२८० जना घरमै छन्।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।


मृतकहरू कुन जिल्लाका हुन्?

मङ्गलवार मन्त्रालयले पुष्टि गरेका मृतकहरूमा एक जना महिला र १० जना पुरुष रहेका छन्।तीमध्ये पर्साका तीन जना, काठमाण्डू र महोत्तरीका दुई-दुई जना एवम् बारा, सिरहा, चितवन र मकवानपुरका एक-एक जना रहेका छन्।सो अवधिमा ७६८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू अर्थात् २२,१७८ जना निको भइसकेका छन्।

देशभरि क्वारन्टीनमा ७,३९० जना छन्।मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

कमेन्ट गर्नुहोस्