लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोहिणीमा मलामी गएका १५ जनामा कोरोना

IMG

बुटवल । रुपन्देहीको रोहिणीमा कोरोना संक्रमित मृतकका १५ जना मलामीलाई संक्रमण देखिएको छ । रोहिणी गाउँपालिका-३ चैनपुरवामा कोरोना संक्रमणपछि मृत्यु भएका व्यक्तिको पिसिआर परीक्षणमा पाजेटिभ भेटिएको हो ।


मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।१० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए । भारतको नौतनवामा उपचारको क्रममा मृत्यु भएपछि संक्रमण पुष्टि भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना देखिएपछि चैनपुरवा सिल गरिएको छ । संक्रमित मध्ये ८ पुरुष र ७ महिलामा रहेका छन् ।

कमेन्ट गर्नुहोस्