लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा थपिए १५ नयाँ संक्रमित

IMG

१३ भाद्र २०७७, शनिबार

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ७ महिला र ८ पुसरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार थपिएका संक्रमितहरुमा सिद्धार्थनगर नगरपालिकामा ७ जना, बुटवल उपमहानगरमा ३ जना, ओमसतिया गाँउपालिकामा २ जना, तिलोत्तमामा २ जना तथा रोहिणी गाँउपालिकामा १ जना छन् । रुपन्देहीमा शनिबार सम्ममा ८८० जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भईसकेको छ । रुपन्देहीमा ३६० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्