
तिलोत्तमा । सोह्र श्राद्द नजिकिदै जादा रुपन्देहीको तिलोत्तमामा नगरपालिकाले सोह्रश्राद (पितृपूजन)मा कार्य वैकल्पिक तरिकाले विद्युतीय भर्चूअल माध्यमबाट गर्न आग्रह गरेको छ । नगरले शुक्रवार एक सूचना जारी गर्दै एक जना पूरोहित सोह्रश्राद कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले यस पटक कोरोना संक्रमणको जोखिमका कारण वैकल्पिक तरिकाले विद्युतीय भर्चूअल माध्यबाट सोह्रश्राद गर्ने गराउने व्यवस्था गर्न अपिल गरेको हो।
यस्तै नगरपालिकाले सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरि परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने श्राद्ध (पितृपूजन) यस वर्ष भदौ १७ गतेबाट सुरु हुदैँछ । नगरपालिकाले जन्म, न्वारान,पास्नी , व्रतबन्ध, विवाह, मृत्युसंस्कार लगायतका कार्य समेत पारिवारिक रुपमा गर्न भनेको छ ।
कमेन्ट गर्नुहोस्