लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १ हजार १११ जनामा कोरोना पुष्टि, ८ जनाको निधन

IMG

११ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ हजार १११ जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित दैनिक प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा कोभिड–१९ पुष्टि भएको र योसँगै कुल संख्या ३५ हजार ५२९ पुगेको बताएका हुन् । उनले हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २७३ रहेको जानकारी दिँदै आइसीयूमा १४९ जना रहेको बताए ।


यस्तै भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको पनि उनले बताए । उनले अहिलेसम्म कोरोनामुक्त भई घर फर्किनेको संख्या २० हजार ७३ पुगेको जानकारी दिए । यसैगरी थप ८ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको भन्दै प्रवक्ता गौतमले जसमा पाँच महिला रहेको बताए । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १८३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्