लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमण

IMG

१० भदौ, तिलोत्तमा । इलाका प्रहरी कार्यालय बुटवलमा थुनुवामा राखिएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।


१३ जनामध्ये तीनजना बुधबार नै छुट्ने क्रममा रहेका जिल्ला स्थित प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए । थुनुवामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको र संक्रमण पुष्टि भएकाहरुलाई ब्यवस्थापनका बिषयमा छलफल भइरहेको डीएसपी खत्रीले बताए ।

कमेन्ट गर्नुहोस्