लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समाज परिबर्तनमा युवाको भूमिका :किसन ज्ञवाली"एनेक्स"

IMG

मानिसको जिवनमा विभिन्न चरण छन्। जब कोहि जन्मन्छ हुर्किन्छ अनि आफ्नो समय चरणमा पढाइ लगायत पारिवारिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ। साधारणतया सकारात्मक  र मुलुकमा परिवर्तन ल्याउन सक्ने जोस र जागर नै युवामा हुन्छ।समग्र समाजको सकारात्मक तरिकाले परिवर्तन र पुराना रुढीवादी सोच र चिन्तनलाइ हटाउन एक बिद्याबारिधीको पनि ठुलो योगदान रहन्छ। अब आउनुहोस अहिलेका १६ देखि २४ उमेर समुहका विद्यार्थीहरुको सामाजिक क्षेत्रमा के छ योगदान, के हुन पर्ने के भैरहेको छ र सुधार गर्न पर्ने पक्ष के त ? 

साधारणतया १६ वर्ष देखि माथिको उमेरलाई एक व्यक्तीको परिवर्तन मुलक समाज तथा राष्ट्रको हितमा लाग्ने आफ्नो पढाइ करियरलाई अघि बढाउने र आफ्नो पारिवारिक जिम्मेवारी बोध गर्ने उमेर हो। जिन्दगीको सफलताको दौडाइमा आएका हरेक समस्यासंग जुध्ने क्षमता सबैसँग हुदैन। कोहि हरेक क्षेत्रमा सफल होला त कोहि सामान्य जिन्दगी सामान्य क्षेत्रमा नै बिताउला, त्यो उसको पढाइ लगनशिलता ,बुद्धि, विवेक, पारिवारिक जिम्मेवारी ,अनुभव  र समाजसंग घुलमिल र चिनजान र सम्बन्धमा भर पर्छ। 

सामाजिक सन्जालमा एक कमेन्टका विषयमा लड्ने र आवाज उठाउन हामी तयार छौ , कसैको एक गल्ति देखे नबुझिकन भए नि बिरोध गर्न हामी तयार छौ , कसरि अरुलाइ लडाएर आफु अघि बढ्ने भन्ने गलत मानसिकताले नै देस र जनता अनि हामी पछाडि पर्यौ। 

आफु ,समाज र राष्ट्र सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आजका बिद्याबारिधी सामाजिक सेवा र सकारात्मक परिवर्तनको क्षेत्रमा जोडिन अति आवश्यक छ। यस कुरामा सफलता पाउन ओच्छ्यानमा सुतेर अरुले गरेको कामको आलोचना सामाजिक सञ्जालमा गरेजस्तो हैन। सामाजिक सेवाको क्षेत्रमा धेरै संघ संस्थाहरु आवद्ध छन्। कतिपयका स्वच्छ लक्ष्य ,काम र प्रगती विवरण छन् भने कतिपय देखावटिपनको लागि भर्म सिर्जना र लुटपाटको लागि छन्।  

एक बिद्याबारिधी भैसकेपछि समाज तथा राष्ट्रका प्रतिष्ठित व्यक्तिसंग चिनजान असल साथी बनाउन, अनुभवि व्यक्तिसंगबाट मोटिभेसन लिन अति आवस्यक हुन्छ। हो, त्यो कुराको प्राप्तिको लागि सामाजिक संस्था जुन गैरनाफामुलक छन् त्यसमा आवद्ध हुन अति आवश्यक छ। आफ्नो पढाइ जागिर व्यवसाय एक महत्वपूर्ण पाटा हुन् ।त्यस्तै सामाजिक सेवाको क्षेत्र नि एक महत्वपूर्ण पाटो हो। 

तपाइ विश्व का टप् २० धनि व्यक्तिको नाम भन्नुहोस भने सक्नुहुन्छ ? नाइ सक्नुहुन्न,तर तपाइले समाजसेवा र समाजसेवाको माध्यमबाट देश र जनताको हितको लागि काम गर्नेको नाम भन्नुहोस भने तपाइ चिन्नुहुन्छ नी। हो, यहि फरक छ बिल गेट्सले आफुले गरेको सहयोगमा पनि प्रतिफल खोज्छन तर सामाजिक सेवाको क्षेत्र अलग र पवित्र क्षेत्र हो। 

जब मानिस जन्मेर समाज ,दुखि गरिब ,अपाङ्ग, अनाथ र पिडित वर्गको हितको लागि आवाज उठाउदैन र काम नि गर्दैन भने उ जन्मेको औचित्य छैन । आफ्नो हितको लागि सबले गर्छ तर अरुको लागि गर्ने कम नै हुन्छन। अनुराधा कोइराला किन जहितहि चिनिइन् ? उनले चेलिवेटि बेचबिखन विरुद्ध गरेको काम र लगनशिलता ले। 

के फाइदा त बिद्याबारिधीलाइ सामाजिक सेवामुखि र परिवर्तन मुलक काममा लागेर? 

आफ्नो व्यक्तित्व विकास गर्न सबैको अगाडि राम्रो छाप छोड्न र एक सफल अभियन्ता र लिडरको रुपमा आफलाइ चिनाउन यस्ता संस्थाले ठुलो भुमिका खेल्छन र हरेक विध्यारथि वर्गले पनि यस्ता काममा समाबेस र आफ्नो लगाव छोड्न ठुलो आवस्यक छ। आफुमा भएको सोच बिचार र प्रतिभालाई देखाउन असल व्यक्तिको रुपमा आफुलाइ चिनाउन, देशको हितमा सकारात्मक काम गर्न ,मनुष्य भैसकेपछि आफूभित्रको मानवता जोगाउनको लागि यसले यति महत्वपूर्ण भुमिका खेल्छ भन्ने कुरा लागेपछि थाहा हुन्छ । के किताबको ज्ञान नै सब कुरा हो त ? किताबमा पढेका कुरा मात्र सर्टीफिकेट र जागिर र पोस्टका लागि हो तर किताबि ज्ञान सबथोक भने हैन।  हामी युवा वर्गलाइ व्यावहारिक ज्ञान आवस्यक छ ।हामीलाइ  व्यावहारिक ज्ञान कस्तो परिस्थितिमा कसरीअघि बढ्ने भन्ने कुरा कुनै विश्व विद्यालयले सिकाउदैन यो कुरा सामाजिक क्षेत्रमा  घुलमिल भैसकेपछि मात्र थाहा हुन्छ।

अबको समय परिवर्तन मुलक र अलग पहिचान र छाप छोड्ने समय र उमेर हो अबका युवा तथा विद्यार्थीहरु यसमा सजग हुनुपर्ने देखिन्छ। सकारात्मक सोचौ सकारात्मक काममा लागौ  । पढाइको साथसाथै समाजको लागि तपाइले केहि गर्न छ सोच्नुहोस एकपटक । अब मनमा सोच बनाउनुस र यस क्षेत्रमा लागेर आफ्नो व्यक्तित्व र बौद्धिक बिकास र सेवाको क्षेत्रमा पनी समय खर्चनुहोस ।

 

हामी नै नलागे को लाग्छ

आउनुहोस सहकार्य गरि अघी बढौ। 

किसन ज्ञवाली  एनेक्स

विद्यार्थी:राममणि बहुमुखि क्याम्पस

कमेन्ट गर्नुहोस्