लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवेतबाट नेपाली महिला काठमाडौं आइपुगे

IMG

काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्